नेपाली काङ्ग्रेसमा सदस्यता शुल्कमा विवाद ,घरदैलो अभियान तिब्र

7
SHARES
15
VIEWS

कालीकोट । अघिल्लो समय जिल्लाका विभिन्न ठाउँमा भेटघाट अभियान तिब्र पारेको नेपाली काङ्ग्रेस कालीकोटले सदस्यता नवीकरण र नयाँ सदस्यता दिन थाले सङ्गै शुल्कका बिषयमा व्यापक कुरा उठेको छ ।

यस लिदै आएको शुल्कमा नेपाली काङ्ग्रेस कालीकोटले ६० प्रतिशत बढाएपछी चर्को बिरोध उठेको हो ।अहिले सामाजिक संजालमा नेपाली काङ्ग्रेसका कार्यक्रताले ब्यापक कुरा उठाउन थालेका छ्न ।

रास्कोटका भिम शाहिले सद्स्यता शुल्क अहिले तोकेको नतिर्न अनुरोध गरेका छ्न भने खाडाचक्र नगरपालिका बिहीबार भएको कार्यक्रममा चर्को बिरोध हुनुका साथै अहिले सम्म कार्यक्रताले नवीकरण गरेको रकमको हिसाब किताब मागेको बैठकमा  एक सहभागीले बताए ।उनले भने कृयासिल सदस्यता नवीकरण भनेकोमा नामा समेत गाइब गरेकोमा आपत्ती जनाएका छन ।

त्यसै गरि पचालझरनामा भएको कार्यक्रम समेत कार्यक्रताले चर्को बिरोध जनाए पछि समस्या समाधान गर्न कठिन भएको बताइएको छ ।

पचालझरनामा गएका नेपाली काङ्ग्रेसका महासमिति सदस्य मोतिराज बम ,पुर्ब सभापति मुक्ती प्रसाद न्यौपाने लगाएतको टोलि शुल्कमा हेरफेर गर्ने आश्वासन दिएको बताइएको छ । उक्त कार्यक्रममा नेता बमले आफुले जिल्लाको बैठकमा शुल्क वृद्धि नगर्न सुझाब दिएको बताएका छ्न । सो बैठकमा आफुलाइ साथ कसैले नदिएको बताए ।

जिल्लाका सबै वडाहरुमा सदस्यता नवीकरण भेला हुने नेपाली काङ्ग्रेसले जनाएको छ ।आगामी फागुममा नेपाली काङ्ग्रेस को १४ औं महाधिबेसन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित