आधुनिकतामा हुलाक,अब सुर्खेत देखि कालीकोट एकै दिन पत्र पुग्ने

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा आधुनिक प्रविधिको विकास क्रम संगै हुलाक सेवा ओझेलमा परिहरे पनि सेवा भने निरन्तर जारी राखेको छ । छिटो छरितो प्रभावकारी सेवा तर्फ उन्मुख हुन थालेको हुलाक सेवाले पछिल्लो समय दुर्त गतिमा काम जारी राखेको बताइएको छ ।

१४६ औं विश्व हुलाक दिवसको अवसरमा कालीकोटका निमित्त कार्यालय प्रमुख टोप बहादुर शाहीसंग कर्नालि संचारले गरेको कुराकानिमा लामो समय सम्म जिल्ला बाहिर पत्रहरु नपुग्ने समस्याको समाधान भएको बताएका छन । हुलाक सेवा विभाग र यातायात संघ संगठन विच भएको सम्झौता अनुसार कालीकोट बाट जुम्ला,सुुर्खेतमा यातायातका साधनबाट आवत जावत गरिने भएको बताए । उनले भने अघिल्लो हप्तामा सम्झौता भएपछि छिटो छरितो हुन थालेको बताउदै अहिले जिल्ला भित्र केही दिन ढिला सुस्ति हुन गएपनि ठुलो कठिनाइ नआएको बताए ।

जिल्ला भर ७ वटा इलाका हुलाक कार्यालय, २२ वटा अतिरिक्त हुलाक कार्यालयमा १ सय ५० जना कर्मचारी रहेको बताउदै जिल्ला हुलाक कार्यालयमा दरबन्दि अनुसारको जनशक्ति नभएको बताएका छन । उनले भने हुलाक सेवालाई प्रविधिको विकास संगै जोड्ने कुरा भइरहेको छ अझै थप विकासका लागि विज्ञहरुले सोच्नु पर्ने बेला आएको समेत बताए  ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाक सेवा दिवसाको अवशरमा शुभकामना दिएका छन ।
हाल विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिएका छन् । १४६ औं विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताएका छन ।

जिल्ला हुलाक कार्यालय कालीकोटका निमित्त प्रमुख शाहीले कोरोना महामारीका विचमा पनि हुलाक सेवा बन्द नभएको समेत बताएका छन ।
वि.सं. १९३५ मा हुलाक घरका रूपमा स्थापना भएको नेपालको हुलाक सेवा सूचना तथा सञ्चारको पुरानो माध्यम हो ।

नेपाल एकीकरणको समयमा थाप्ले (पार्सल, सामान, मुद्रा, दस्तावेज, अभिलेख, रसदपानी आदि) र कागते (चिठीपत्र) हुलाकका रूपमा यसले हुलाक सेवा प्रदान गरेको इतिहास छ । विश्वभरि नेपाल हुलाकको उपस्थिति वि.सं. २०१३ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि भएको हो ।

मुलुकभरमा ३ हजार ९ सय ९४ वटा संगठन, १६ हजार स्थायी–अस्थायी जनशक्ति कार्यरत रहेको यो सेवा नागरिकको घरदैलोमा पुगेको सेवा भए पनि  राणाकाल, पञ्चायत कालसम्म निकै सक्षम र प्रभावकारी रूपमा रहेको नेपाल हुलाक सेवा खास गरीकन प्रजातन्त्रको पुनस्र्थापना, वि.सं.२०६१ मा हुलाक समूहको खारेजी, विश्व हुलाक संघका रणनीतिहरूको न्यून पालना, सूचना–प्रविधिको क्रान्तिलाई ढिलो आत्मसात गरिनु, सेवा सञ्चालनको उचित रणनीतिको कमी, सरकारको न्यून प्राथमिकता र लगानीले गर्दा समस्यामा परेको देखिन्छ ।

देशका विभिन्न स्थानमा चालू अवस्थामा हुलाक सेवामार्फत हुलाक बचत बैंक सेवा, धनादेश सेवा, विप्रेषण लगायतका सेवा आमनागरिकसम्म पु-याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित