काठमाडौंमा जार भित्र किरा भेटिएपछि

7
SHARES
15
VIEWS

काठमाडौं। उपत्याकाको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएको छ । सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको हो ।

पानीमा किरा भेटिएपछि उपभोक्ता अधिकारकर्मीले पानी उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेका हुन् ।

अध्यक्ष महर्जनले अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएपछि कारबाहीका लागि विभागमा उजुरी गरेको बताए । उनले किरा परेको पानीको जारको पानीलाई ६० रुपैयाँमा बिक्री गरेको पाइएको बताए ।

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण भएको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ खानेपानी उद्योगी, ढुवानी व्यवसायी तथा अन्य व्यवसायीहरूले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने व्यवस्था छ भने दफा १९ मा वस्तु वा सेवाको मूल्य निर्धारणसम्बन्धी व्यवस्था रहेको छ । ‘सोही व्यवस्थाअनुसार कारबाही हुनुपर्छ,’ अध्यक्ष महर्जनले भने ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा पाइएको उजुरी आएको बताए । उनले उपभोक्ताकर्मीबाट पानीको जारमा किरा पाइएको उजुरी आएपछि विभागले पानीको परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको बताए ।

महानिर्देशक सुवेदीले पानीको जार परीक्षण गर्दा गुणस्तरहीन पाइयो भने उद्योगीलाई कानुनी कारबाही हुने बताए, आजको राजधानी दैनिकमा समाचार  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित