कहिले बन्लान कर्नालि राजमार्गका पक्कि पुल ?

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि राजमार्गको सुर्खत जुम्ला सडक खण्डको दैखोला देखि नाग्म सम्मका आधा दर्जन पक्कि पुलहरु लामो समय  सम्म नबन्दा यात्रुहरुले सास्ति खेप्नु पर्ने बाध्यता आएको छ । कामको जिम्मा लिने तर समयमा सम्पन्न नगरेर विचैमा अलपत्र पार्ने प्रवृतिका कारण ति पुलहरुको काम सम्पन्न नभएको हो ।

हाल सम्म सम्पन्न भएका सेरीघाट,सिम्लागाढ र खल्लागाढ बाहेकका अन्य ठाउँमा रहेका पक्कि पुलहरु अलपत्र अवस्थामा छोडिएका छन ।सबै भन्दा समस्या निम्त्याउने गरेको तिलागुफा नगरपालिकाको टाकुल्ला पुल अहिले निर्माणाधिन अवस्थामा छ । त्यस पुलको काम नभएको वर्षौं भएपनि अहिले सम्म काम सम्पन्न भएको छैन भने तिलागुफा कै नाग्ममा रहेको कालीकोट जुम्ला जोड्ने पुल अलपत्र अवस्थामा रहको बताइएको छ । त्यसै गरी तिलागुफाको छिडेनि खोलामा रहेको पक्कि पुलको अवस्थामा पनि अलपत्र छोडिएको छ ।

जिल्ला सदरमुकाम मान्म बजारको नजिक रहेको तिलानदिमा रहेको सेरीघाटको पुल पनि प्रत्येक वर्षको आर्थिक मसान्त सकिनु भन्दा अघि निर्माण गरे छोडिएको छ । कालीकोट दैलेख जोड्ने दैखोलामा रहेको पक्कि पुल पनि सोही अवस्थामा अलपत्र रहेको छ ।
सबै भन्दा महत्व दिएको कर्नालि करिडोरको पक्कि पुल पनि ९ वर्ष सम्म सम्पन्न नभएको अवस्थामा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले स्थलगत निरिक्षण गरे चालु आ.व.मा सम्पन्न गर्न निर्देशन दिएका छन ।                                                                                                   टाकुल्ला खोलाको फाइल तस्विर
सेरीघाटमा रहेको बेलिवृजको अवस्था उच्च जोखिममा रहेको भएपनि पक्कि पुलको काम भने ओझेलमा परेको स्थानियले बताएका छन । सेरीघाटमा रहेको स्थानिय दान बहादुर विष्टले बेलि बृज पुलको सबै ठाउँमा खिया लागेको छ । तैपनि प्रयोग भएको छ पक्कि पुल बनाउने सुरसार नभएकोमा दुःख व्यक्त गरे ।
काम पुरा गर्न नसक्नेले जिम्मा लिनु हुन्न यदि जिम्मा लिएपछि पुरा गर्नु पर्नेमा ठेकेदार अज बहादुर शाहीले बताए । उनले भने आफुले कालीकोटका दुई पक्कि पुलको जिम्मा लिएर समयमै सम्पन्न आफुले मात्र गरेको बताए ।

आफुले सेरीघाट र सिम्लागाढमा रहेका पुलको जिम्मा लिएर सम्पन्न गरेको हुं । म संगै काम शुरु गरेका पुलहरु अहिले सम्म नबन्दा आफुलाई दुःख लागेको बताए । अहिले पनि सडक डिभिजन कार्यालय जुम्लाले आफुलाई लिन अनुरोध गरेको समेत बताएका छन ।

अलपत्र पक्कि पुलका सन्दर्भमा डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुुर भण्डारीले कालीकोटमा रहेका नाग्म,छिडेनि र सेरीघाटमा रहेका पुलहरु आरएसडिपि अन्तरगत सडक डिभिजन कार्यालय सुर्खेतले हेर्ने गरेको बताउदै सडक डिभिजन कार्यालय जुम्लाले हेर्ने टाकुल्ला र दैखोला पुल आफुले बनाउने बताउनु भएको छ । वहाँले भन्नु भयो सडकको स्तर उन्नति संगै पक्कि पुलको काम पनि संग संगै बढाएको छौं ।

अहिले टाकुल्ला पुलको १ करोड १० लाखमा ठेक्का भएको भएपनि समयमा काम सम्पन्न नहुंदा ठेक्का रद्ध गरेर पुन ठेक्का आव्हान गरिने बताउनु भएको छ । प्रमुख भण्डारीका अनुसार सेरीघाट, छिडेनि र नाग्मको पुलको जिम्मा आफुले पाएपछि कि त ठेकेदारलाई कालो सुचिमा राख्छौ कि त काम सम्पन्न गर्छाै ।
रारा जाने मुख्य प्रवेश द्धारमा रहेको कालीकोट जिल्ला विभिन्न ठाउँहरुमा सडक अवरुद्ध हुने र पक्कि पुल नबन्दा दुःख पाउने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित