धरहरा निर्माणको लागि थपियो ९ महिना समय

7
SHARES
15
VIEWS

काठमाडौँ । धरहराको पुनर्निर्माणका थप ९ महिना म्याद थपिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणको लागि रमन कन्स्ट्रक्सन कम्पनीलाई थप ९ महिना समय दिएको हो ।

रमनले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। लगत्तै रमनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।

तर कोभिडका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको हो ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नु परेको बताए । अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि उनले दिए ।

त्यसबाहेक धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए। जसमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी तयार गरिनेछ। त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले भनाइ छ।

कोभिडका कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उनको भनाइ छ। अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौती रहेको श्रेष्ठको भनाई छ।

२२ तलायुक्त बन्ने धरहराको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। धरहराको निर्माण कार्यमा लकडाउन अघि ३ सय ५० जनाले काम गरेका थिए ।

लकडाउनको बेला पनि २०र२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २५० जना कामदारले कामलाई तीब्रता दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित