महिलाले छोटो कपडा लगाए कार्बाही हुने

7
SHARES
15
VIEWS

कम्बोडिया । प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नांगो अर्थात् टपलेस हुनमा रोक लगाइनेछ । सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् ।

मोलिकालाई यस्तो कानून महिलामाथिको आक्रमण हो भन्ने लाग्छ । एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सुरक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ । कपडाका माध्यमबाट आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ ।

महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ । उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा #mybodymychoice नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा कम्बोडियामा सरकारले आम रूपमा महिलाहरु मात्र होइन गायक गायिका तथा कलाकारहरुलाई समेत उत्तेजक पहिरनमा रोक लगाउने गरेको छ । गत अप्रिलमा एकजना महिलालाई ६ महिनाको जेल सजायँ सुनाइएको थियो । उनलाई सोसल मिडियामा कपडा बेच्ने नाममा अश्लीलता फैलाएको आरोप लगाइएको थियो । आइन्दा यस्ता हर्कतहरू मान्य नहुने समेत जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित