शिक्षाका कामलाई छोडेर पार्टीको कार्यक्रममा सहभागि भन्नु पूर्वाग्राही बाहेक केही हैन — शिक्षा शाखा प्रमुख शाही

7
SHARES
15
VIEWS

शिक्षा क्षेत्रको अनुगमन र नियमनकारी निकाय नहुंदा अस्तव्यस्त हुन नदिन स्थानिय तहले नेतृत्व व्यवस्थापन गर्नका लागि अर्को व्यवस्था नहुंदा सम्म शिक्षा क्षेत्र ओझेलमा नहोस भने स्थानिय शिक्षकहरुलाई  शिक्षा शाखाको जिम्मेवारी व्यक्ति तोकेका छन । त्यहि मध्येको पचालझरना गाउँ पालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाही संग कोरोना अवधि भर शिक्षा क्षेत्रमा के के काम गर्नु भयो र पचाझरनाको शिक्षाको अवस्थाका बारेमा कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले गरेको संक्षिप्त कुराकानि :
—कोभिड १९का कारण विद्यालय बन्द हुंदा तपाई लगाएत शिक्षकहरुले के के काम गर्नु भयो ?
सर्व प्रथम यस कर्नालि संचार अनलाइनलाई हार्दिक धन्यावाद । कोरोना कहरका कारण विद्यालय लगाएत सबै क्षेत्रमा असर पारेको छ । शिक्षा क्षेत्रमा सबै भन्दा बढि प्रभाव पारेको छ । यसका कारण शिक्षा क्षेत्र एक दशक पछि परेको भान भएको छ । जहां शिक्षा क्षेत्रमा १ कक्षामा राम्रो र गुणस्तर कायम गरेपछि त्यसको नतिजा भनेको १० वर्ष पछि आउने भएकाले कोरोनाले ग्रामिण वस्तिका वालवालिकाहरुलाई प्रभाव पारेको हो । जहांका वालवालिकाहरुमा अनलाईन,रेडियो लगाएतका सेवा बाट बञ्चित भएकाले कोरोनाका अवधि चैत्र ११ देखि भाद्र १५ गते सम्म माथिल्लो निकायबाट आएका निर्देशनका पालना गर्ने काम भयो । विद्यालयका विवरण अपडेट गर्ने, शिक्षकहरुको सम्पति विवरण तयार गरेर माथिल्लो निकायमा पठाउने देखि विद्यालयमा रहेका क्वारेन्टाइनको साप्ताहिक रिर्पाेट शिक्षा समन्वय इकाई, सामाजिक विकास मन्त्रालय लगाएतका निकायमा पठाउने काम गर्नुका साथै वालवालिकाहरुमा कोरोनाले पारेका प्रभावको प्रतिवेदन लगाएतका काम गरियो ।हामीले कुनै दिन पनि विदा नलिइकनै अहोरात्र खटिने काम भयो । त्यस पछि असार १८ गते गाउँ पालिका प्रधानध्यापक,विव्यास अध्यक्ष र स्थानिय जनप्रतिनिधिहरु विच अन्तरक्रिया गरेर भाद्र १५ गते देखि टोल टोलमा अध्यापनको काम शुरु गरेका थियौ भने असोज १ गते देखि विद्यालय सुचारु गरेर अहिले असोज २३ गते देखि पुन विद्यालय बन्द गरेका छौं ।
पचालझरना गाउँ पालिकामा कति विद्यालय छन ति विद्यालयको अवस्था कस्तो छ ? अहिलेको एसइइको कस्तो रह्यो ?
पचालझरना गाउँ पालिकामा ८ वटा मावि,१८ वटा आधरभुत विद्यालय १५ वटा वालशिक्षा रहेका छन भने दुई वटा माविमा प्राविधिक शिक्षा शुरु गरिएको छ । जस्मा ज्ञानोद्धय मावि राम्नाकोटमा १८ महिने कृषि जेटिएको पढाई शुरु भएको छ भने सरस्वति मावि भिटामा कम्प्युटर प्राविधिकको पठन पाठन शुरु भएको छ । अहिले एसइइको नतिजा शन्तोषजनक भएको छ केही स्थानमा टाइपिंङमा गढबड भएको देखियो भने केही विद्यालयका शिक्षकहरुले आफ्ना र पराइ भनेर नम्बरमा तलमाथि गरेको पाइयो त्यति नराम्रो भने हैन । त्यसलाई हामीले समाधन गरेका छौं ।
—पचालझरना गाउँ पालिकाको शिक्षा शाखाको हैसियतले जति अनुगमन निरिक्षण हुनु पर्ने हो अभाव रहेको भन्ने छ नि ?
हैन त्यसो हामीले तिन महिनाको एक पटक सवै विद्यालयमा अनिवार्य पुग्ने गरेका छौं । जनशक्ति अभावका बावजुद अनुगमनको काम जारी राखेको छु । म एक जना मात्र भएको अवस्थामा मा शिक्षाका आन्तरिक गतिविधिहरु गर्ने देखि तालिम अन्तरक्रिया कार्यक्रम गर्दै अनुगमनलाई तिव्रता दिएको छु अहिले प्रासको व्यवस्थापन भएको छ । केही विद्यालयमा अनियमित गर्ने शिक्षकको तलव रोक्ने देखि अन्य कार्वाही गरेका छौं । गाउँ पालिका अध्यक्ष,उपाध्याक्ष सहितको उपस्थिति भएर शिक्षालाई पहिलो प्राथमिकतामा राखिएर अघि बढेका छौं सबै भन्दा बढि पचालझरनामा शिक्षामा सहजता आएको छ । हामीले अहिले १८ वटा विद्यालयमा बायोमेट्रिक हाजिरीको शुरुवात गरेका थियौं ।केही स्थानमा विग्रेका छन भने ७ वटामा सुचारु अवस्थामा छन । बांकी ठाउँमा कोरोनाका कारण सुचारु नभएपनि सुचारु गर्ने तयारीमा छौैं ।
— तपाइको त राजनैतिक नियुक्ति हो भन्ने छ शिक्षाका भन्दा पनि राजनैतिक पार्टीको कार्यक्रममा कति सहभागि हुनुहुन्छ ?
लोकसेवा आयोगले स्थानिय तहमा शिक्षा शाखा अधिकृत नपठाउदा अर्काे व्यवस्था नहुंदा सम्मका लागि हामीलाई शिक्षा शाखामा कर्मचारी व्यवस्थापन गरिएको हो । हामीलाई राजनैतिक नियुक्ति भन्ने मान्छै नै भ्रममा परेको बुझिन्छ । म आएको २ वर्ष भयो म आउनु भन्दा पहिले यहां शिक्षा शाखा हेर्ने कोही पनि कर्मचारी थिएन शिक्षकहरुको तलव हाल्ने काम लेखाबाट हुन्थ्यो । म आइसके पछि शिक्षा शाखामा शिक्षकहरुको अभिलेख राख्न लगाइयो । हामीले शिक्षामा कसरी गुणस्तर कायम गर्ने, वार्षिक कार्यक्रम कसरी सफल पार्ने,शिक्षा सम्बन्धि निति नियमहरुका बारेमा योजना बनाउने अनुगमन गर्ने काम गर्न ठिक्क छ । कहिले पार्टीका कार्यक्रममा सहभागि हुने । मानव सामाजिक प्राणि भएकाले कसैले आस्था नराख्ने भन्ने छैन । आस्था आफ्नो ठाउँमा छ । म शिक्षक संगठनको जिम्मेवारी व्यक्ति भएकाले संगठनका बैठक, भेलाहरुमा जाने गरेको छु ।हाम्रो शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनका हरेक क्रियाकलापहरुमा सहभागि हुने काम भएको छ । तर पार्टीका गतिविधिहरु भएका छैनन । सहभागि हुने कुरा भएन । कहिले काही मौका पर्दा सहभागि हुने कुरालाई अन्यथा लिनु हुंदैन । शिक्षाका काम अलपत्र पारेर कुन दिन कहां कुन पार्टीको कार्यक्रममा देखेको हो स प्रमाण ल्याएर आउन सक्ने हिम्मत छ । हैन भने नभएका अपुष्ट खवरहरु बाहिर ल्याउदा ध्यान दिनु पर्छ । कसैले फलानो मिडियाको फलानोले घुस माग्यो भनेर सामाजिक संजालमा हाले पछि त्यो मिडिया वा कुनै व्यक्तिलाइ कस्तो होला ? त्यसैले मैले के भन्छु भने शिक्षा शाखामा काम गर्ने जिम्मेवारी म जस्तै अन्य पालिकामा पनि छन तिनिहरु प्रतिको पूर्वाग्राही सोच बाहेक अरु केही हुदैन ।
तपाईको कार्यकालमा पचालझरनामा शिक्षा क्षेत्रमा  नमुना काम के गर्ने छ ?
स्थानिय सरकार र शिक्षा शाखाको साझेदारीमा विभिन्न काम गरेका छौं । शिक्षा क्षेत्रमा जनशक्ति अभावलाई व्यवस्थापन गरेका छौं । विशेष गरी उच्च शिक्षा आर्जनका लागि क्याम्पसको व्यवस्थापन गर्ने सोच बनाएका छौं । छैटौं गाउँ सभाले गाउँ पालिका भित्र क्याम्पस स्थापना का लागि पहल गरेका छौ । तत्काल नभएपनि केही समय पछि क्याम्पसको व्यवस्थापन हुने छ भन्ने विश्वास लिएका छौं । पचालझरना गाउँ पालिकामा फरक खालको पहिचान दिन लागि पर्ने छौं भने अहिलको आवश्यक्ता भनेको शिक्षामा व्यवहारिक र गुणात्मक्ता कायम गर्ने हो ।त्यसका लागि पचाझरना शिक्षा,युवा तथा खेलकुद शाखाले कुनै पनि कसुर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गदैछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित