कालीकोट ।कर्नाली प्रदेशका मुख्यमन्त्री रहेका महेन्द्र बहादुर शाहीको पक्षमा कालीकोटको पचालझरनाका स्थानीयले हस्ताक्षर सहित पार्टी बिरोध गतिबिधी नगर्न चेतावनी दिएका छन ।
मुख्यमन्त्री शाहिको जन्मथलो रहेको पचालझरना गाउँ पालिकाको जारकोटमा आयोजना गरिएको कार्यक्रममा साबिकको कर्नाली प्रतिको हेपाह प्रवृत्तिको बिरोध गर्दै प्रदेश सरकारलाई काम गर्न नदिन पटकपटक भएका गतिबिधी र हालै पुर्ब एमालेको नेतृत्वमा थालिएको अबिस्वाशको प्रस्ताब ल्याउनु राम्रो नभएको बताउदै यसो गरे यस अघिका सबै सम्झौताको अर्थ नहुने बताएका ह?न ।
तीन दर्जन पचालझरना बासिले हस्ताक्षर गरेको पत्रमा पार्टी केन्द्रीय अध्यक्ष द्वय केपि वलि र प्रचण्डलाई सम्बोधन गरि पठाइएको छ ।
आज जिल्लाका रास्कोट, खाडाचक्र लगाएतका स्थानमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाइ काम गर्न दिन अनुरोध गरिएको छ । कालीकोट अन्य स्थानीय तहमा समेत मुख्यमन्त्री शाहिको पक्षमा दबाबका कार्यक्रम गरिएको बताइएको छ ।
Discussion about this post