कर्नालि प्रदेश सभामा मुख्यमन्त्रि शाहीको पक्षमा बहुमत,यामलालको पक्षमा १० जना मात्र

7
SHARES
15
VIEWS

२७ असोज विरेन्द्रनगर । कर्नालि प्रदेश सभामा आज बोलाइएको यामलाल कर्णेल पक्ष अल्पमतमा परेको छ । १८ जना सांसदहरुको समर्थनमा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको विपक्षमा अविश्वासको पत्र पेश गरेपनि ८ जना सांसदहरुले समर्थनको विपक्षमा साथ दिएपछि महेन्द्र बहादुर शाही नै मुख्यमन्त्रि हुने पक्का भएको छ ।

आज यामलाल कर्णेल पक्षधरले बोलाइएको बैठकमा ८ जना सांसदहरुले ठाडै अस्विाकार गरेपछि बहुमत भनिएकाहरु मध्ये १० जना मात्र रहेपछि अल्पमतमा परेका हुन ।
केन्द्रिय राजनैतिकमा केपि वलिले प्रदेशको आन्तरिक मामिला हो भनेको र माधव नेपाल पक्षले साथ दिएपछि ८ जना सांसदहरुले अविश्वासको विपक्षमा समर्थन गरेपछि कर्नालि प्रदेशको राजनैतिक तत्कालको लागि टुंगोमा पुगेको हो ।
सोमबार प्रमुख सचेतकबाट गुलावजंग शाहको ठाउँमा सिता नेपालि र सचेतकमा कालीकोटका कुर्मराज शाहीललाई नियुक्त गरिएको छ ।अब कर्नालि प्रदेश सभामा बहुमतको पक्षमा २३ जना रहेका छन भने अल्पमत(यामलाल)को पक्षमा १० जना मात्र रहेका छन ।

विशेष गरी कर्नालि प्रदेश सभामा प्रधानमन्त्रि केपि वलि, प्रचण्ड र माधव नेपाल तिन समुहमा खेमा देखिएको छ भने तिन समुह मध्ये कर्नालिमा प्रचण्ड र माधव नेपाल को पक्ष विचमा सहमति भएपछि मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको पक्षमा बहुमत जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित