ओखलढुङ्गा । ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ ।
उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ ।
Discussion about this post