काशिचन्द्र बराल : हक्कि मेयर पक्कि काम

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका मेयर काशिचन्द बरालले उद्देश्यमा स्पष्टता र योजनाकारमा पहिलो परिचय दिदै कामको शुरुवात गरेको तीन वर्षको समयमा रास्कोटको मुहार परिवर्तन गर्न सफल भएका छन । निर्वाचन ताका मतदातामा बोलेका बाचाहरु करिव ८० प्रतिशत सफल गरेको उनको दावि छ । ग्रामिण पहुंच कार्यक्रम(¥याप थ्रि)ले निर्माण गरेको सडकले सहजता गराएको रास्कोटमा अहिले प्रत्येक टोल स्तरमा सडक विस्तार भएको छ । रास्कोटका कुनै पनि गाउँ सडक भन्दा टाढा नरहेका बताइएको छ । जिल्ला भरका स्थानिय तहहरु मध्येका रास्कोट नगरपालिकाका मेयर काशि बराल योजनाकार र दुरगामि लक्ष्य बनाउन माहिर रहेको विश्लेषण गरिन्छ । मेयर बरालले बनाएका योजनाहरु सफल गराउन लागि पर्ने उनको आफ्नै खालको अवधारण रहेको छ ।

रास्कोटको सम्बृद्धि गर्नका लागि उनले नगरलाई प्रविधिको पहुंचका साथ आत्मनिर्भर बनाउन दिर्घकालिन योजना बनाएका छन । जिल्लाकै छोटो भुगोल रहेको र जनसंख्याको मात्रा पनि कम भएको रमणिय क्षेत्र रास्कोटमा स्थानिय तहका निर्वाचन भएको २०७४ सालबाट क्रमश परिवर्तन हुन थालेको स्थानियहरुमा महसुस भएको छ । साविकको फुकोट गाविसमा एक कार्यकाल गाविस अध्यक्ष समेत भएका काशि बरालले रास्कोटलाई परिर्वतन गराउन महत्वाकांक्षि योजना अघि सारेको बताउनेको संख्या कम थिएन । उनले जिवनमा लामो समय राजनैतिक र पत्रकारिता क्षेत्रबाट अघि सरेको बताउने काशि बरालको कृषि खेतिमा उत्कृष्ट कृषक बन्ने चाहना रहेकै कारण सुर्खेतमा इन्दे्रणि फर्म संचालन गरेको बताउने बरालले स्थानिय तहको निर्वाचन हुंदा ओझेल परेको तर कृषि क्षेत्रमा रास्कोटलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको बताए । परिस्थिति कहाँ पुगाइएदियो । आफुले बुवा प्रजापति बरालबाट राजनैतिक क्षेत्रमा प्रभावित भएको र विद्यार्थि कालमा काठमाडौं पढ्न जांदा २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष भाग लिन पाउदा राजनैतिक क्षेत्रमा बढि क्रियासिल हुन पुगेको बताए । उनले भने कर्नालि क्षेत्र समाजको तुलनामा ४ सय वर्ष पछि छ त्यसको परिवर्तनका लागि आफुमा राजनैतिक प्रति आकर्षण बढ्न थालेको बताए ।

अहिले रास्कोट नगरपालिकालाई सम्बृद्धिको जिम्मा आएको छ त्यसलाई पुरा गर्न चुनाव ताका गरेको प्रतिवद्धता अनुसार अहिले ६० प्रतिशत पुरा गर्न सफल भएको काशि बरालले बताए । जस अुनसारका कामहरु मध्ये पहिलो प्राथमिकतामा राखेको कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि स्याउ जोन कार्यक्रम संचालन,टोल स्तरमा सडक विस्तार र स्तरउन्नतिको काम,विद्युत लाइन विस्तार गर्नु,एक घर एक रोजगार दिन सफल भएको,समाजवादी अर्थव्यवस्थाको भ्रुण,१५ सैयाको अस्पताल निर्माणको काम शुरु भएको,बृहत खानेपानि आयोजना संचालनमा आएको,एकिकृत नमुना वस्ति निर्माण,शिक्षामा गुणस्तर कायम र वाल शिक्षामा जोड दिनुका साथै विद्यालयमा नगर स्वयंमसेवक खटाइनु,सुपथ मुल्य पसल संचालन र गरिनु लगाएतका कार्य गर्न सफल भएको बताए ।

यि सफलता कायम गर्नका लागि नगरपालिकाले पहिलो चरणमा अन्यौलताका विचबाट मान्छेमा काम प्रति एक रुपतामा आउनमा कठिन भएको बताउदै मेयर बरालले पुंजि,प्रविधि र जनशक्तिको तालमेल नमिल्दा ज्यादै ठुलो समस्या आएको छ । साधन श्रोतको अभाव हुनु र सो को व्यवस्थापनमा अलि अलि असर पर्नुका साथै स्थानिय तहमा कर्मचारी संयन्त्रको अभावका कारण हामीमा चुनौति आएको बरालको अनुभव रहेको छ । त्यसका साथै विपदका रुपमा आएको कोभिड १९र बाढिपहिरोको कारण रास्कोट नगरपालिका भन्दा पनि देशभर दुइ वर्ष पछि धकेल्ने काम भएको छ ।
आफुहरुले बांकी रहेका ४० प्रतिशत काम आगामी दुई वर्ष भित्र पुरा गर्न मतदाता(नगर वासि)हरुलाई विश्वस्त हन अनुरोध गर्दे मेयर बरालले नगरपालिकामा उर्जा आपुर्तिमा १ मेगावाट विद्युत निकाल्ने योजना थियो त्यो काम पुरा गर्न सकिएको छैन त्यसका लागि सोलार प्लान्टको तयारी गरेर १ मेगावाट विद्युत निकाल्ने काम शुरु गरिएको छ भने नगरलाई शुसासनको दायरामा ल्याउन आन्तरिक र बाह्य काम गर्नका लागि जनशक्तिको व्यवस्थापन गर्न सकिएन ।त्यो थालनि गर्छाै, सान्निघाट देखि रास्कोट सम्म सडकको ग्रावेलको शुरुवात चालु आर्थिक वर्ष भित्र गरिने लगाएतका काम बांकी रहेको बताए ।

रास्कोट नगरपालिकामा नयाँ र नमुना शहर बनाउनका लागि उनले निर्वाचित भइसके पछि कुनै स्थानिय तहले भाडामा डोजर ल्याए भने कसैले आफै निजि डोजरमा सडक खन्ने काम गरेको भएपनि नगरपालिकाको आफ्नै डोजर संचालन गर्नेमा रास्कोट नगरपालिका मात्र रहेको छ । त्यसै गरी मेयर बरालले सबै भन्दा ठुलो काम भनेको जग्गामा लगत कट्टि गर्ने काम गरेको बताए । उनले भने रास्कोटमा सडक विस्तार संगै लगत कट्टि गर्ने कामले जग्गाको मुल्यांकन बढेको छ । मेयर बरालका अनुसार सडक क्षेत्रमा पछि आउने झन्झटलाई अहिले समाधान गरेको बताए । सडक विस्तारमा चौडाई १०  मिटर गरिने भएको छ भने सडक संग जोडिएको जग्गाको मुल्यांकनमा समेत बृद्धि भएको छ । सडक विस्तार क्षेत्रमा आफै खटिने मेयर बराल पछिल्लो समयमा रास्कोटमा स्याउ जोन कार्यक्रम, बृहत खानेपानि आयोजना र दुई स्थानमा हाइटेक नर्सरी र विकास निर्माणलाई प्रभावकारी कार्यन्वयन गर्न श्रम बैंकको स्थापना महत्वपुर्ण उपलब्धि र दुरगामी एवंम प्रभावकारी योजना भएको जिल्ला स्तरमा विश्लेषण हुने गरेको छ । रास्कोट नगरपालिकाबाट श्रम बैंकको अवधारण देशव्यापि हुने थालेको मेयर बरालको भनाइ रहेको छ । उनले भने समाजवादी मोडलमा श्रम बैंकको स्थापना गरिएको हो ।
निडर र योजनाकारमा सक्षम मेयर :
कुनै पनि योजनामा पछि नपर्ने जहांतहि सम्भावना मात्र देख्ने भित्रका मेयर बरालले रास्कोट नगरपालिकामा मात्र नभई जिल्ला स्तरमा हक्की र निडर नगर प्रमुखका रुपमा चिनिन्छन । जिल्लामा सबै भन्दा पहिले १५ सैयाका अस्पताल निर्माणमा उनको ठुलो पहल रहकाले त्यो सम्भव भएको नागरिकहरुको बुझाई छ । पहिलो पल्ट नगरमा मेयर बरालले स्याउ जोन कार्यक्रम ल्याउन सफल भएका थिए भने दोस्रो चरणमा १५ सैयाको अस्पताल जिल्लामा एक मात्र त्यहि पनि रास्कोटमा शुरुवात हुने भएपछि सबैका आश्चर्य पारेको छ । प्राय गरी नगरपालिकामा बस्ने मेयर प्रविधिमा बढि समय दिने गरेको नगरपालिकाका कर्मचारीहरु बताउछन । उनिहरुले ल्यापटपमा रमाउने मेयरका बारेमा बुज्न नसक्नेहरुको संख्या धेरै छ । आफुले कुनै पनि ठाउँमा कमि नदेख्ने गरेको बताउदै मेयर बरालले जहांतहि सम्भावना मात्र रहेको तर गरिखाने जनशक्तिको अभाव रहेको बताए ।

हाम्रो संस्कार भनेको परनिर्भर मात्र छ आत्मनिर्भर बन्न आफुले गर्ने देन भन्दा पनि अरुले सबै गरिदेओस भन्नेको मात्र ठुलो जमात रहेको छ । त्यसलाई क्रमश हटाउदै कृषिमा व्यापक युवा परिचालन गरेर मात्र सम्भव रहेको बरालको भनाई छ । रास्कोट नगरपालिकामा ८ मिटरको सडक विस्तार हुनु र जग्गाको लगकट्टि गर्न शाहसका साथ लागेका मेयर बरालले एक घर एक धारा निर्माण गरी यस वर्षमा २ हजार २ सय ८४ घरधुरीमा स्वच्छ खानेपानि पुगाउने लक्ष्य लिएको र त्यो पुरा गरिने छ मेयर बरालले बताएका छन ।
कोभिड १९का क्रममा नगरपालिकामा समुदायहरु भित्रिदा समस्या आउने क्रममा कर्नालि प्रदेशको नमुना क्वारेन्टाइन बनाए पछि एका एक नगर प्रमुख काशि बरालको नाम चुलिएको हो । मेयर बराल भन्छन आफुलाई भष्टाचारमा डुबेको भन्नेहरुलाई आफुले रास्कोटको पहिचान फरक बनाएकोमा कसैले औला ठड्याउने ठाउँ नरहेको तर्क गर्छन । जनयुद्धका लामो अनुभव भएका मेयर बराल साविकको फुकोट गाविसमा गाविस अध्यक्ष भएर काम समेत गरेको अनुभवले रास्कोट नगरपालिकामा ठुलो टेवा मिलेको बताउने पनि कमि छैन । आफुले चुनाव ताका टिकट पाउने क्रममा गोलभेडा बेच्नेको दर्जा पाएको स्मरण गर्दै मेयर बरालले त्यहि गालेभेडाको अनुभवले कृषिमा फरक पहिचान दिन आफु लागि परेको छु ।
रास्कोट नगरपालिकालाई सम्बृद्धि गर्नमा लागि पर्ने जनप्रतिनिधि,सबै राजनैतिक दल,समाजसेवि,शिक्षक कर्मचारी, तथा समुदायहरुको ठुलो सहयोग समर्थनबाट मात्र सम्भव भएको बताउदै मेयर बरालले जे जति टकराब तथा बैमनस्या भएपनि विकास निर्माणमा साझा प्रतिवद्धताका साथ लागि पर्न सबैलाई आग्रह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित