कालीकोट । जिल्लाका विभिन्न क्षेत्रमा बिप्लव नेतृत्वको नेकपाले बाढी पहिरो पिडितलाइ चामल बितरण गरेको छ ।
बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कर्ण भण्डारी (बिराट),जिल्ला सेक्रेटरी मनिलाल ऐडि ( रणदिप)को उपस्थितिमा बाढी पहिरो पिडितलाइ वर्गीकरण गरि मसिनो चामल बितरण गरिएको सेक्रेटरी ऐडिले बताए ।उनका अनुसार पार्टीको संरचना अनुसार एरिया नम्बर ३ को बदालकोट,राम्नाकोट लगाएतका क्षेत्रमा बितरण गरिएको र बाकी अन्य एरियाहरुमा राहत बितरण गरिने बताइएको छ ।
एरिया नम्बर १ मा ३२ जना,३ मा ३८ जना र ४ मा २० जना गरी जम्मा ८० जनालाइ चामल दिएको बताइएको छ ।
नेकपा कालीकोटका अनुसार भेरी कर्नाली ब्युरोको सहयोग का साथै विभिन्न निकायको सहयोगमा राहत बितरण गरिएको बताइएको छ ।
Discussion about this post