दसैँ–तिहारका लागि खाद्यान्नको पर्याप्त मौज्दात

7
SHARES
15
VIEWS

काठमाडौं । दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहने सरकारले बताएको छ । हाल देशभर कुल १ लाख १६ हजार मेट्रिक टन चामल मौज्दात (स्टक) रहेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

त्यसमध्ये १४ हजार मेट्रिक टन सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग र १ लाख २ हजार मेट्रिक टन चामल निजी क्षेत्रसँग रहेको मन्त्रालयको भनाइ छ । अहिले धान भित्र्याउने सिजनसमेत भएकाले मौज्दात थपिने अवस्था रहेको र आपूर्तिमा कुनै समस्या नपर्ने मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ आर्यालले बताए । उनका अनुसार थप आवश्यक खाद्यान्न विदेशबाट समेत आयात भइरहेकाले छ । ‘अहिलेको अवस्थामा हामीसँग पर्याप्त खाद्यान्न छ,’ रातोपाटीसँग उनले भने ।

सचिव अर्यालका अनुसार पर्याप्त मौज्दात र उत्पादनका अलावा विभागले ठूलो परिमाणमा खाद्यान्न आपूर्तिसमेत गरिरहेको छ । गत असोज महिनामा मात्र विभागले दैनिक औसत ५ हजार ७ सय मेट्रिक टनका दरले खाद्यान्न आपूर्ति गरेको उनले बताए । त्यसैगरी दलहन तर्फ असोज महिनामा मात्र विभागले दैनिक ७ सय मेट्रिक टनका दरले कुल दुई हजार एक सय (२,१००) मेट्रिक टन गेडागुडीजन्य वस्तु आयात गरेको जनाइएको छ ।

विकट क्षेत्रमा मात्र १५ हजार मेट्रिक टन चामल मौज्दात

विशेषगरी खाद्यान्नको अभाव हुने र विविध समस्या झेल्नुपर्ने विकट हिमाली क्षेत्रमा समेत यसपालि खाद्यले पहुँच विस्तार गरेको मन्त्रालयको भनाइ छ । उच्च हिमाली क्षेत्र एवं विकट क्षेत्रमा समेत कुल १५ हजार मेट्रिक टन चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बताएको छ । आवश्यक ठाउँमा हेलिकप्टरबाट समेत खाद्यान्न ढुवानी गरिने सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित