कालीकोट । विजया दशमि २०७७ सालको दशै तथा शुभदिपावलिको अवसरमा सदरमुकाम मान्ममा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । हिमचुलि कृषि सहकारी संस्था लि. कालीकोटका कर्मचारी,संचालक समितिहरुको उपस्थितिमा कार्यक्रम गरेको हो ।
संस्थाका अध्यक्ष काली बहादुर महताराले शुभकामना आदान प्रदान गर्दै यस वर्षमा कोरोनाको अन्त र जिल्ला वासिहरुमा व्यवसायका लागि अवसरको रुपमा लिने वर्ष हुने र सम्पूर्ण शेयर सदस्यहरुका लागि यस अघिको अस्ताएको व्यवसाय फस्टाउने वर्षका रुपमा हुने विश्वास व्यक्त गर्नु भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपाध्याक्ष देवनारायण संज्याल,सचिव सरोज बोगटी,कोषाध्यक्ष कृष्णकला पाण्डे मूख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्य,रास्कोट सेवा कार्यालय प्रमुख मनिका बोहरा,संचालक समितिबाट सृजना शाहीले समेत शुभकामना आदान प्रदान कार्यक्रममा आ आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
जिल्ला भर ९ वटा सेवा कार्यालय रहेको हिमचुलि कृषि सहकारी संस्थाका १२ हजार ५ सय शेयर सदस्यहरुमा विभिन्न व्यवसाय मुलक कामका लागि लगानि गर्नुका साथै कृषि वस्तुको बजारीकरण,सुपथ मुल्य पसल संचालन,आइएमई सेवा,एग्रोभेट,बचत तथा ऋण,सौर्य उर्जा,महिला शसक्तिकरण कार्यक्रम लगाएतका सेवामुलक काम गर्दै आएको संस्थाका कर्जा प्रमुख सिंह बहादुर शाहीले बताएका छन ।
संस्थाले जिल्लाको सदरमुकाम मान्म र रास्कोटमा कार्यालयको भवन निर्माण गरेको छ ।
Discussion about this post