कोहलपुरमा दुर्गा मन्दिर निर्माणका १५५ जनालाई सम्मान

7
SHARES
15
VIEWS

कोहलपुर । करिव ३० लाख लगानिमा निर्माण भएको कोहलपुर नगरपालिकाको प्रगतिनगरको दुर्गा मन्दिर निर्माणमा सहयोग गर्ने १ सय ५५ जना दाताहरुलाई सम्मान गरिएको छ ।

अष्टमिको दिन पारेर सिला अनावरण तथा दाता सम्मान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने टोपकलि बस्याल लगाएतका अन्य दातालाई सम्मान गरिएको हो ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको उपस्थितिमा १० हजार माथि सहयोग गर्नेहरुलाई फ्रेम सहितको सम्मान पत्र दिइएको छ भने सो भन्दा तल सहयोग गर्नेलाई कदर पत्र प्रदान गरिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकाराम बस्यालले बताएका छन । उनका अनुसार ५ हजार भन्दा माथि सहयोग गर्नेहरुलाई सिला लेखमा नाम लेखिएको छ भने अन्यलाइ कदर पत्र दिइएको बताए ।

दुर्गा मन्दिर निर्माणमा यस अघि देउसि भैलो तथा अन्य कार्यक्रमबाट सहयोग जुटाई निर्माण गरिएको बताइएको छ ।

विभिन्न कार्यक्रम गरेर दुर्गामन्दिर निर्माणको काम भएको छ अझै व्यवस्थित गरेर लिन बांकी रहेको र यसका लागि नगरपालिका लगाएतका सहयोगि निकायहरुको अपेक्षा गरिएको प्रगति नगर टोल विकास समितिका अध्यक्ष रामकृष्ण पाण्डेले बताए । उनले भने अझै काम गर्न बांकी छ त्यसका लागि मन्दिर व्यवस्थापन समितिले सोचे अनुसार काम नगरेको प्रति विरोध जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित