जनयुद्धका निशानि बंकर र कालीकोटका महत्वपूर्ण घटनाहरु

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा चलेको जनयुद्धको ऐतिहासिकता विश्व कम्युनिष्ट आन्दोलनको भन्दा नयाँ तथा अनौठो तरिकाले शुरु भएको थियो । गाउँ बाट शहर पस्ने रणनिति अपनाई गरिएको माओवादी जनयुद्धले नेपालि शासकलाई मुटु हल्लाउने काम गरेको पक्कै थियो भने यसले विश्वका तमाम राष्ट्रलाई चक्मा दिएको छ ।

जनयुद्धले विशेष गरी भारतिय विस्तारबादका विरुद्ध प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मुकाविलाका कामहरु गरिएको थियो । त्यस ताका विशेष गरी भारत विरुद्धको शुरुङ युद्ध सबै भन्दा चर्चाको विषय बनेको थियो । गाउँ गाउँ बाट मात्र नभई नेपाल भारत सिममा समेत शुरुङ (बंकर)युद्धको प्रभाव पारेको थियो । जहाँ ग्रामिण वस्तिका डांडाकांडाहरुमा खनिएका शुरुङले तत्कालिन सुरक्षा फौज शाही सेनाहरुलाई ठुलो चुनौति भएको थियो । विशेष गरी मध्यपश्चिमका रुकुम रोल्पा पछिको कालीकोटलाई लिने गरिएको छ ।

कालीकोटका ग्रामिण वस्तिमा बनाइएका शुरुङहरु आज नेपालि जनयुद्धका एक चिनारी मात्र भएका छन । कालीकोट जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकाको रकु स्थित लुशाकोटमा रहेको शुरुङ एक निशाना मात्र रहेको छ । जहाँका डांडाहरुमा खनिएका शुरुङ (बंकर)हरु विरलै देखिने गरेका छन । लुशाकोटमा रहेको शुरुङको विशेषता बारे बताउदै स्थानिय हर्क ऐडीले विगत सम्झाउने शुरुङको निशाना मात्र रहेको बताए ।

जनयुद्धमा सहभागि एक कुशल कमाण्डर ऐडीले जनयुद्धका कारण नेपालमा राजतन्त्रको अन्त र जनताको सरकार स्थापना भएपछि राहतको महसुस गर्ने अवस्था आउला भन्ने आशा भएपनि ति सबै निराशामा परिणत भएको बताए । उहिले जनयुद्धमा जिवनको वलिदान दिनेहरुको भन्दा अहिले तत्कालिन अवस्थामा फाइदा लिनेको संख्या अग्रसर भएको उनको भनाई रहेको छ ।

जनयुद्धमा के काम गर्न सक्लान भन्नेहरुले स्वार्थ लिनमा अघि सरेको देख्ने र असन्तुष्टि गर्नेको सख्या कम छैन ।
जनतामा सिंहदरबार आएकोमा राहत भन्दा पनि आहतको महसुस गर्नेहरुको संख्या बढ्नदो रहेको छ ।
कालीकोट जिल्लाका अग्ला डांडाहरु मात्र नभई ठुला खेतबारीमा पोल र शुरुङ अनिवार्य भएका थिए । जसले गर्दा ग्रामिण वस्तिहरु सुरक्षित हुने गरेको थियो ।

२०६८ सालमा तत्कालिन एकिकृत नेकपा(माओवादी)ले प्रकाशन गरेको शहिद गाथामा उल्लेखित विवरण अनुसार कालीकोट जिल्लामा कुन समयमा के भएको थियो भन्ने बारेमा उक्त विवरण अनुसार :
जनयुद्ध ताका कालीकोटका महत्वपूर्ण घटनाहरु
कालीकोटका प्रथम शहिद कालीबहादुर विक
१.महिला शहिद ४८ जना
२.पुरुष शहिद ३९० जना
३.वेपत्ता संख्या १२ जना
कालीकोटमा भएका महत्वपूर्ण फौजि कार्वाहीहरु
१.कोटबाडा साना किसान कृषि बैंक कव्जा २०५४
२.विथलडांडा आक्रमण(महिलाहरुले हतियार खासेको) २०५४ चैत्र २६
३.शान्निघाट प्रहरी चौकी आक्रमण २०५५ चैत्र १० गते
४.पादमघाट प्रहरी चौकी आक्रमण २०५६ जेष्ड २८ गते
५.लुसा (अधेरी)खोला एम्बुस २०५६ साउन २६ गते
६.हाउडी प्रहरी चौकी आक्रमण २०५७ असार १५ गते
७.कोटबाडा प्रहरी चौकी आक्रमण २०५७ मंसिर १४ गते
८.पिलि सैनिक बेश क्याम्प आक्रमण २०६२ साउन २३ गते
कालीकोटका विभिन्न ठाउँमा राज्य पक्षबाट गरिएका गैरन्यायिक हत्याकाण्डहरु
१.घोडेकोट हत्या काण्ड २०५५ भाद्र २ गते
२.टाकुल्ला हत्याकाण्ड २०५५ भदौ १९ गते
३.फुकोट बयलपाटा हत्या काण्ड २०५७
४.ओदानकु हत्याकाण्ड २०५७ साउन ३० गते
५.थोल्म हत्याकाण्ड २०५७ पौष २७ गते
६. सुनथरालि सामुहिक हत्याकाण्ड २०५८ फागुन १२ गते
७. चिल्खाया हत्याकाण्ड २०५८ फागुन १७ गते
८.फोइ हत्याकाण्ड २०५९ भदौ ४ गते
९.मुग्राह हत्याकाण्ड २०५९असोज १४ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित