बिहारमा चुनाव प्रचार गरिरहेका उम्मेद्वारको गोली हानी हत्या

7
SHARES
15
VIEWS

भारतको बिहार राज्यको शिवहर जिल्लामा चुनाव प्रचार गरिरहेका जनता दल राष्ट्रवादीका उम्मेद्वारको गोली हानी हत्या गरिएको छ। शिवहरको हाथरस गाउँमा विधानसभाका लागि चुनाव प्रचार गरिरहेका श्री नारायण सिंहको शनिबार हत्या भएको हो।

समाचार एएनआईलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार सिंहलाई गोली हान्नेको पनि उनका समर्थकले कुटेर हत्या गरेका छन्। शिवहरका एसपी सन्तोष कुमारका अनुसार ती आक्रमणकारीलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो।

अस्पतालमै उनको मृत्युको घोषणा गरिएको हो। गोली चलाउने ती व्यक्तिको परिचय खुलेको छैन। बिहारमा तीन चरणमा विधानसभा चुनाव हुँदैछ। पहिलो चरणको चुनाव २८ अक्टोबरमा हुँदैछ।

हत्या गरिएका उम्मेद्वार सिंह पनि विगतमा आपराधिक क्रियाकलापमा संलग्न थिए। उनी पहिला लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलमा थिए। तर, टिकट नपाएपछि उनी राष्ट्रिय जनता दल राष्ट्रवादी प्रवेश गरेर उम्मेद्वार बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित