यस वर्षको विजया दशमि घर घरमा मनाइयो ।

7
SHARES
15
VIEWS

कालीकोट । यस वर्षको दशैं घर भित्र मनाइएको छ । जिल्लाका अधिकांस स्थानमा सामुहिक जमघट भन्दा पनि घर घरमा २०७७ सालको विजया दशमि मनाइएको हो ।

कालीकोटमा पछिल्लो समय कोरोनाका कारण उच्च जोखिम बढेपछि दशैंमा पनि उच्च सतर्कताका साथ दशै मनाइएको हो । घर घरमा दशै मनाउदै जिल्ला बासिले यस वर्ष स्वस्थ्य सुरक्षाका बारेका सर्तकता अपनाउदै दशैं मनाइएको र आगामी वर्ष हर्षल्लासका साथ दशै मनाउने दिन आउन भन्दै दुर्गा माता समक्ष अनुरोध गर्दै सबैको अभिलासा पुरा हुने अपैक्षा गरेका छन ।

 

कालीकोट जिल्लामा यस वर्षको विजया दशमिको अवसरमा लामो समय जिल्ला बाहिर रहेका आफन्तहरु घरमै भएकाले दशैं रमाईलो भएपनि आवत जावत र टाढाको आफन्तबाट टिका थाप्नका लागि समेत कठिनाई भएको बताएका छन । लामो दुरीमा कोरोनाका कारण टिका थाप्न नपाइएपनि आफुहरुले कोरोनाको अन्त हुने आशामा दुर्गा माताको पुजा आराधाना गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित