कालीकोट । अमर बि क २०३३ साल फागुन १४ गते माल्कोटमा जन्मेका थिय । बुवा पहले बि क र आमा भ्यार्की बि क को कोखबाट माल्कोट गा बि स वडा नं ४ सल्लारुखमा साइलो भाइका रुपमा जन्मीनु भएका योद्धा माध्यमिक तहको पढाइ नन्दा देवि मा बि कोडबाडामा गर्नु भएको थियो । खेलकुद र साहित्यमा रुचि राख्ने योद्धाको बिधार्थि जिवनबाट राजनिती सुरुवात गर्नु भयो ।
२०४७ सालमा जनमोर्चामा आवद्ध २०४९ सालमा ने क पा (मशाल) सर्मथित अखिलको कोडबाडा इकाई समितीमा आवद्ध हुनु भएको थियो । त्यती बेलाको चर्चित कोडबाडा ( झा काण्ड ) जुन काण्डमा काग्रेसी शिक्षक रमेस झाको बेभिचार,अनियमितता र काग्रेसी करणका बिरुद्ध बुलन्द आवाज उठाइका योद्धा सोही कारणले हिरासतमा पर्नु भयो ।
तत्कालिन २०५१ सालमा योद्धा वाइसियल जिल्ला समिती सदस्य र २०५२को जनयुद्ध थालनी पश्चात पार्टी सदस्य र एरिया सदस्य हुदै २०५३ सालमा अर्ध भुमिगत अवस्थामा जाजरकोट जिल्लामा गएर जनयुद्धको तयारीमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो । २०५४ सालमा जिल्ला फर्केर २०५५ साल असारमा किलोसेरा टु अपे्रसनको समयमा पुर्णकालिन भइ क्रान्तिमा होमिनु भएको थियो ।
२०५५ सालमै २ नं छापामार दलको सह कमाण्डर ,२०५६ सालमा स्क्वार्ड कमाण्डर,२०५६ सालमा पश्मिमा बनेको पहिलो शैन्य फरमेसनमा ४ नं प्लाटुनको सेक्सन कमाण्डर, २०५७ सालमा १२ नं प्लाटुन कमाण्डर ,२०५८ सालमा कम्पनी सह कमाण्डर हुदै २०६० असोजमा सतबरिया दोस्रो बिग्रेट सह कमाण्डर को जिम्मेवारी पुरा गर्नु भएको थियो ।
भे क स्वायत्त जनसरकारका शैन्य प्रतिनिधि रहेका योद्धा शैन्य युद्ध मैदानमा शैन्य फाटकी कमाण्डर क. लिला महरा (कल्पना) संग बैवाहिक जिवनमा बाधिनु भएको थियो ।
क. योद्धा फौजि आक्रमण्मा कालिकोटको शान्निघाट, पादमाघाट र कोडबाडा ,अछाम बिनायक,डोल्पाको दुनै , जाजरकोटको पांचकटिया,दैलेखको नौमुले,दाङको घोराहि,अछामको साफेबगर,रोल्पाको लिस्नेगाम, रुकुमको खारा,बाजुराको पाण्डुशैन,बांकेको कुसुम,जुम्लाको रारालिहि,सल्यानको कपुरकोट,दमाहाचौर,अर्घाखाचिको सन्धीखर्क,जुम्लाको खलङ्गा लगायतका फौजि कार्वाहिमा नेतृत्व लिइ अगाडी बढ्नु भएको थियो ।वहाले म्याग्दीको बेनी आक्रमणताका २०६० चैत्र ७ गते अग्र मोर्चामा रहेर कमान गर्दा गर्दै छातीमा गोली लागेर सहादत प्राप्त गर्नु भयो ।
वहाको सहादतले सिंगो शैन्य क्षेत्रमा ठुलो क्षति पुगेको थियो । वहाको नामबाट योद्धा स्मृति बिगे्रट नामाकरण गरियको थियो ।वहाको घरबाट जेठा दाजु प्रकाण्ड बैनि मानुसि,सर्मिला र भाई कोपिला जनयुद्धमा सहभागि भएका थिए ।
Discussion about this post