कालीकोट जिल्ला अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द(सुचना सहित)

7
SHARES
15
VIEWS

कालीकोट । स्वस्थ्यकर्मिहरुमा कोरोना बढ्न थाले पछि जिल्ला अस्पताल कालीकोटमा आकस्मिक तथा प्रसुति सेवा बाहेक अन्य सेवाहरु अर्काे सुचना नहुञ्जेल बन्द गरिएको छ । त्यसका साथै कोरोनाका लक्षण देखिने विरामीहरुको उपचार जिल्ला स्थित कोभिड १९ विशेष अस्पतालमा हुने जानकारी गरिएको छ ।

पछिल्लो समय कालीकोटमा कोरोना संक्रमितको संख्या बढे संगै निको हुनेको संख्या बढ्न थालेको छ ।

जम्मा संक्रमितको संख्या २ सय ३ जनामा निको हुनेको संख्या भने ८५ दशमलव ७१ प्रतिशत अर्थात १ सय ७४ जना रहेको बताइएको छ । पछिल्लो समय जिल्लाको रास्कोट नगरपालिका र नरहरिनाथ गाउँ पालिकामा संख्या बढे संगै जिल्ला प्रशासन कार्यालय कालीकोटका कर्मचारीहरुको स्वाब संकलन गरिएको र उक्त स्वाबको नतिजा नआउञ्जेल सम्म कार्यालय बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटमा रहेका १४ जना कर्मचारीको स्वाब संकलन गरिएको र उक्त स्वाब कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकाले सो समय सम्मका लागि कार्यालय बन्द रहने बताइएको छ । पछिल्लो समयमा रास्कोट नगरपालिका,नरहरिनाथ गाउँ पालिकामा संक्रमितको संख्या बढेको छ भने कालीकोटमा कोरोना संक्रमितको संख्या बढेर २ सय ३ जना पुगेकोमा १ सय ७४ जनाले कोरोना जितेर घर गइसकेका छन ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या २९ जना रहेको छ भने १ जना आज निको भई घर पठाइएको बताउनु भएको छ । वहाँका अनुसार कोभिड १९ विशेष अस्पतालमा उपचारका लागि भर्ना भएको संख्या ४ जना रहेको र स्वाबको नतिजा आउन ९४ जनाको बांकी रहेको समेत बताउनु भएको छ ।

स्वस्थ्यकर्मिहरुमा धमाधम कोरोना देखिन थालेपछि जिल्ला अस्पताल कालीकोटका अत्यावश्याक र सुत्केरी उपचार बाहेक अन्य सेवा अनिश्चित कालका लागि बन्द गरिएको समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित