कालीकोटमा २६ जना थप, संक्रमितको संख्या २२९ जना

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या हवात्तै बढेको छ । जिल्लाका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढेको हो ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार पछिल्लो समय थप २६ जनामा कोरोना देखिए संगै संक्रमितको संख्या बढेर २ सय २९ जना पुगेको बताइएको छ भने एक जना निको भएर घर फर्किएका छन । कालीकोटमा सक्रिय संक्रमतको संख्या ५४ जना रहेका छन । २५ जनाको नतिजा आउन बांकी रहेको बताइएको छ । जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेकाले परिक्षणको दायरा बढाउनु पर्ने र आइसोलेसन व्यवस्थापनका लागि सबै स्थानिय तहलाई अनुरोध गर्नु भएको छ ।

हाल कालीकोटमा जिल्ला सदरमुकाम मान्ममा कोभिड १९ विशेष अस्पतालमा उपचार भइरहेको छ भने रास्कोट,नरहरिनाथ,मेहलमुडि लगाएतका स्थानमा आइसोलेसनको व्यवस्थापन गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २९ जनामा निको हुनेको संख्या १ सय ७५ पुगेको छ भने ५४ जना आइसोलेसनमा उपचारार्थ रहेको बताइएको छ ।

आज सम्म कालीकोट जिल्लामा ६ हजार ४ सय ४० जनाको पिसिआर चेक जांच भएको छ भने २ हजार १ सय २८ जनाको आरडिटी गरिएको थियो । कोरोना संक्रमितको संख्या पुरुषहरुमा ७७ प्रतिशत रहेको छ भने महिलामा ३३ प्रतिशत रहेको अधिकृत महतले बताउनु भएको छ ।

कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय सिल गरिएको छ भने जिल्ला अस्पताल कालीकोटमा इमरजेन्सि बाहेक सबै सेवा बन्द गरिएको बताइएको छ । त्यसै गरी रास्कोट नगरपालिकाका केही वडाका साथै नरहरिनाथ गाउँ पालिकाका वडा न. ३,५,८ र ९ सिल गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित