परिवारका कारण राजनैतिकमा ओझेल यि जोडिहरु

7
SHARES
15
VIEWS

कालीकोट । लामो राजनैतकि संघर्षबाट स्थापित व्यक्तित्वहरु पछिल्लो समय श्रीमान वा श्रीमति राजनैतिकमा सक्रिय हुन थाले पछि एक न एक जना अनिवार्य ओझलमा पर्ने गरेको देखिएको छ । त्यस भित्रका कालीकोटका राजनैतिक रंगमंचमा स्थापित व्यक्तिहरु अहिले राजनैतिक अवसर तथा जिम्मेवारीबाट पछि हट्नु पर्ने अवस्था आइ परेको छ । ति व्यक्तिहरुका विषयमा सामान्य चर्चा गर्न खोजिएको छ । जुन व्यक्तिहरु निम्नानुसार रहेका छन ।
१.तुलाराज विष्ट र विजया विष्ट :
राजनैतिक क्षेत्रका लामो अनुभवि नेताका रुपमा चिनिएका कम्युनिष्ट आन्दोलनमा सक्रिय रुपमा देखिनु भएका तुलाराज विष्ट एक कार्यकाल कालीकोट जिल्ला विकास समितिको उपसभापतिका साथ तत्कालिन नेकपा(एमाल)को लामो समय जिम्मेवारी लिनु भएको थियो । राजनैतिक पुष्ठभुमिका हिसावले नेपाल मजदुर किसान पार्टी(नेमकिपा)बाट अग्रसर हुनु भएका तुलाराज विष्ट संविधान सभाको समानुपातिक कोटाबाट सांसद समेत हुनु भएको थियो । वहाँले संविधान निर्माणमा अहम भुमिका निर्वाह गर्नु भएको भएपनि हाल तुलाराज विष्टको परिवार विजया विष्ट खांडाचक्र नगरपालिकाको उपमेयर समेत हुनु हुन्छ ।

पार्टी एकता पछिको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कर्नालि प्रदेश कमिटिमा दुबै जना रहनु भएको छ ।पार्टीको हैसियतमा एकै कमिटिमा भएपनि श्रीमति उपमेयर भएकै कारण तुलाराज विष्टको राजनैतिक सक्रियता देखि अन्य अवसरमा भने नाम आउन छोडेको देखिन्छ । उनलाई अहिले पूर्व सांसदका नाताले कुनै पनि निकायले सम्झिन छोडेका छन । उपमेयर वियजा विष्ट अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत हुनु हुन्छ ।
२.जिवन बुढा र विद्या देबकोटा :
सामान्य लेखपढका रुपमा नेपाल जनयुद्धमा सहभागि भएका जिवन बुढा सैन्य क्षेत्रको लामो अनुभव पछि अहिले राजनैतिकमा निकै सक्रिय हुनुहन्छ । वहाँ राष्ट्रिय सभा सदस्य हुनु हुन्छ । विकास प्रेमि नेताका रुपमा चिनिएका बुढा जनस्तरमा ज्यादै स्थापित व्यक्तित्वका रुपमा लिन सकिन्छ ।

जनयुद्ध ताका राजनैतिक क्षेत्रमा निकै स्थापित व्यक्तिका रुपमा चिनिएकी विद्या देबकोटा अहिले निकै ओझेलमा परेकी छन । राजनैतिक क्षेत्रमा नाम आउन छोडेको विद्या देवकोटा काठमाडौंमा बस्दै आएकि छन ।

जिवन बुढाको राजनैतिक क्षेत्रमा सक्रियाता संगै अहिले उनि ओझेमा परेकी छन । यो जोडिको जनयुद्धमा जनवादी विवाह भएको थियो ।
३.सरोज बोगटी र गंगा खड्का :

जनयुद्धमा सहभागि भएकै अवस्थामा बैवाहिक बन्धनमा बांधिएका यो जोडी कुनै समयमा सरोज बोगटी राजनैतिक क्षेत्रमा सक्रिय हुंदा गंगा खड्का निष्क्रिय हुनु भएको थियो । पार्टी हैसिएतमा जिल्ला सचिवालयमा भएपनि राजनैतिक क्षेत्रमा ओझेलमा रहेका सरोज बोगटी जिल्ला अस्पताल व्यवस्थापन समिति कालीकोटका अध्यक्ष हुनुहुन्छ ।

गंगा खड्का नेपा कम्युनिष्ट पार्टी(नेकपा)को कर्नालि प्रदेश कमिटि सदस्य र खांडाचक्र नगर कमिटिका इन्चार्जका साथै अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत हुनु हुन्छ ।गंगा पछिल्लो समयमा जिल्लाका हरेक राजनैतिकमा सक्रिय रुपले लाग्नु भएको छ भने सरोज बोगटी सामाजिक सेवामा भएकै कारण राजनैतिक क्षेत्रमा ओझेलमा देखिनु भएको छ । परिवारका कारणले भन्दा पनि अन्य काममा सक्रिय हुने भएकै कारण राजनैतिक क्षेत्रमा समय दिन नसकेको उनको भनाई रहेको छ ।
४.खडगराज सेजुवाल र अल्किना बम :
विद्यार्थि कालमा राजनैतिक क्षेत्रमा सक्रिय भएर काम गर्दै जानु भएका खडगराज सेजुवाल(विश्वप्रकाश) सिंगो पलांता क्षेत्रमा जनयुद्धमा सहभागि हुने विद्यार्थि मध्येको एक चर्चित व्यक्ति हुनुहुन्छ । युवा क्षेत्रलाई राजनैतिक क्षेत्रको विकास गराउन दख्खल देखिने खडगराज सेजुवालको लामो समय विद्यार्थि राजनैतिक जिम्मेवारीमा रहनु भएको थियो ।पछिल्लो समय सैन्य क्षेत्र हुंदै पुन राजनैतिकमा सक्रिय हुंदै अहिले पचाझरना गाउँ पालिका अध्यक्ष समेत हुनु भएको छ । वहाँ नेकपाको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । वहाँ संगै राजनैतिक क्षेत्रमा सक्रिय हुनु भएको अल्किना बम(बविता) महिला संघर्षमा पलांताको हस्तिका रुपमा लिन सकिन्छ ।

जनयुद्धका क्रममा बझाङ अभियानका क्रममा जेल जिवन भोग्नु भएको थियो । अहिले जिल्ला कमिटि सदस्य र अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत रहनु भएको बम पछिल्लो राजनैतिक अवस्थामा ओझेलमा देखिनु भएको छ । श्रीमान गाउँ पालिका अध्यक्ष हुंदा महिला अगुाव अल्किना बम(बविता)को पारिवारिक देखि घरका अन्य व्यवस्थापनका लागि समय दिनु पर्दा राजनैतिक क्षेत्रमा सक्रियता बढ्न नसकेको हो । उनि अहिले सुर्खेतमा व्यवसाय गर्दै आएकी छन ।
५.पदम बुढा(कदम) र मनशोभा बुढा :
पदम बुढा पत्रकारिताका क्षेत्रमा जनयुद्ध ताका महत्वपूर्ण भुमिका निर्वा गर्दै सैन्य क्षेत्रमा समेत पत्रकारिता गरेको व्यक्ति हुनु । सैन्य क्षेत्रबाट बाहिरिए संगै अन्य काममा सक्रिय रहेका बुढा राजनैतिक क्षेत्रमा निकै निष्क्रिय अवस्थामा देखिएका छन । पछिल्लो समयमा गैरसरकारी संस्थामा नरहरिनाथ गाउँ पालिकामा काम गर्दै आएका छन । उनको श्रीमति मनशोभा बुढा(आशा)नरहरिनाथ गाउँ पालिकाको उपाध्यक्ष समेत छन । मनशोभा बुढा गाउँ पालिका उपाध्यक्ष भए संगै पदम बुढा राजनैतिक क्षेत्रमा ओझेलमा परेका छन । पदम बुढा र मनशोभा बुढाको जनवादी ढंगले बैवाहिक बन्धनमा बांधिएको जोडी हो ।
६.हिक्मत शाही र मिमसरा बम(शाही) :
सैन्य क्षेत्रमा दख्खल मानिएका हिक्मत शाही र मिमसरा बमको जोडी जनयुद्धमा सहभागि भएको हो । सैन्य क्षेत्रबाट राजनैतिक क्षेत्रमा अघि सरेको यो जोडी श्रीमति मिमसरा बम(शाही)रास्कोट नगरपालिकाको उपमेयर भएकै कारण हिक्मत शाही पनि  राजनैतिकमा अघि बढ्ने चाहना भएपनी परिवारका कारण ओझेल परेका छन ।

उनि अहिले रास्कोट नगरपालिकामा इलोक्ट्रोनिक व्यवसाय गर्दै आएका छन ।उपमेयर मिमसरा बमको राजनैतिक सक्रियता हुन थालेपछि श्रीमान ओझेलमा परेका हुन । 

७.ऐन बहादुर खड्का र तारा न्यौपाने :
पचालझरना गाउँ पालिका वडा न. १साविकको बदालकोट ५ निवासि ऐन बहादुर खड्का जनयुद्ध ताका बैधानिक तवरले निकै सक्रिय रुपले काम गरेको व्यक्ति हुन । उनि एक्लो सन्तान भएर पनि जनयुद्धमा सहभागि भएर गाउँका साथै विद्यार्थि राजनैतिकमा सक्रिय व्यक्ति हुन । बुवाको निधन पछि लामो समय आमाको काखमा हुर्केका खड्का जनयुद्धमा सहभागि हुंदा गाउँलेहरुले एक्लो सन्तान जनयुद्धमा मर्न गएको भन्नेहरु धेरै थिए ।

२०५७बाट जनयुद्धमा सहभागि खड्का अहिले परिवार तारा न्यौपाने पचालझरना गाउँ पालिका उपाध्यक्ष भएकै कारण निकै ओझेलमा परेका छन । राजनैतिक क्षेत्रमा निकै निष्क्रिय रुपमा रहेका छन । जनयुद्ध ताका फुकोट निवासि तारा न्यौपाने संग बैवाहिक बन्धनमा बांधिएका यो जोडी संघर्षशिल रुपमा राजनैतिक क्षेत्रमा लागि परेका छन । गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत रहेकी छन । उनि राजनैतिक क्षेत्रमा निकै सक्रिय रहने गरेको भएपनि श्रीमान ऐन खड्का(समर) निकै निष्क्रिय अवस्थामा रहेको छन ।
८. लक्ष्मि चौलागाई र यशोदा न्यौपाने :
राजनैतिक क्षेत्रमा एउटै कमिटिमा रहेको र सक्रिय रुपमा लागेको जोडी लक्ष्मि चौलागाइ (शैलेन्द्र) र यशोदा न्यौपाने() । उनिहरु नेपाल कम्युष्टि पार्टी(नेकपा)को कर्नालि प्रदेश कमिटि सदस्य हुन ।

यशोदा न्यौापने अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य समेत रहेकी छन । राजनैतिक क्षेत्रमा निरन्तर लागि परेको यो जोडी देखिन्छ । लक्ष्मि चौलागाई प्रदेश कमिटिका साथै महावै गाउँ पालिकाको इन्चार्ज समेत भएपनि यशोदा न्यौपानेलाई भने प्रदेश कमिटि सदस्यमा सिमित राखिएको छ । यो जोडीको जनयुद्ध ताका जनवादी विवाह बन्धनमा बांधिएका हुन ।

परिवारका सदस्यहरु भित्र  श्रीमान राजनैतिकमा सकृय हुने बित्तिकै श्रीमती पछि हट्नु पर्ने  अबस्थामा कहिले सम्म हुने हो त्यस्को जवाफ कस्ले दिने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित