हुम्लामा भीषण आगलागी

7
SHARES
15
VIEWS

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका-४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।

चेला वनबाट सुरू भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो ।

उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट-४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए । सामुदायिक वनमा आगलागी हुँदा हजारौँको संख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए ।

लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडीबुटीका बिरुवा जलेर नष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित