कालीकोट । रास्कोट ७ निवासि अविसरा महतारा विगत १५ वर्ष देखि मृगौला पिडित रहेकी छन । उनको औषधि उपचार गर्दै आएको भएपनि सोही व्यथा छोरी स्मृति महतारामा विगत ४ वर्ष देखि देखा पर्दा कान्ति बाल अस्पतालमा आइसियुमा राखेर ६ महिना उपचार गरेर सामान्य निको भएपनि ४ वर्ष सम्म औषधिले बचाएकी स्मृति महताराको गत शनिबार कर्नालि प्रदेश अस्पताल सुर्खेतमा निधन भयो । आमा अविसरा महताराको भने अहिले पनि दुबै मृगौलाले काम गर्न छोडेपछि दयनिय अवस्था छ । लगातार १५ वर्ष सम्म उपचार गर्न क्रम निरन्तर चलिरहेको छ ।
श्रीमति र छोरीको उपचार गर्दै आधा जिवन भएको अविसराका पति कालीबहादुर महताराले बताए । उनले भने श्रीमतिको उपचार गर्दै आएको र जेठि छोरी जन्मजात शरिरको दायाँ साइड प्यारालाइसेस छ । उसको उपचार गर्नै पर्ने त्यहि माथि कान्छि छोरीको ४ वर्ष देखि उपचार गर्दै आउदा यहां सम्म ऋणको भारी बाहेक जिवनमा अरु केही नभएको बताए ।पहिले देखि मृगौला रोगका कारण ग्रसित त्यहि माथि छोरीको मृत्युले अविसरा महताराको अवस्था दयनिय भएको छ ।
यस अघि छोरी स्मृतिको उपचारका लागि हिमचुलि कृषि सहकारी संस्था लि.का स्टाफहरुका साथै रास्कोट नगरपालिका मेयर काशि बराल, सान्नित्रिवेणि गाउं पालिका अध्यक्ष्ँ डम्बर शाही र पचालझरना गाउं पालिका अध्यक्ष खडगराज सेजुवालले व्यक्तिगत रुपमा गरेको सहयोगले सामान्य मलमपट्टि भएपनि पछिल्लो समयमा औषधिका भारीका भारी ल्याउनु पर्ने भएकाले आर्थिक कठिनाइका कारण उपचार समेत समयमा नपाएको उनको गुनासो छ ।
लामो समय लक डाउनका कारण काठमाडौं जान नपाउदा औषधि नभएको र अन्तिम अवस्थामा काठमाडौंमा लिएर १५ दिन सम्म उपचार गर्र्दा हप्तामा फ्रिजमा राखेर सुइ लगाउनु पर्ने त्यसको मात्र ४ हजार ५ सय पर्ने औषधिको मूल्य गर्दा महिनामा ३० हजारको औषधि गर्दा पनि छोरी स्मृतिलाई बचाउन नसकेको महताराको भनाइ रहेको छ । आमामा देखिएको मृगौलाको समस्या कान्छि छोरीमा देखियो । जेठि छोरी जिविका महताराको पनि त्यस्तै अवस्था छ कान्छा छोरा शुसान्त महतारामा पनि पछि के हुने हो त्यो भन्न सकिदैन ।
नियमित आय श्रोत केही नभएको आफुलाई उपचार गर्दा गर्दै कंगाल हुनु परेको र बांकी जिवन कसरी कटाउने भन्नेमा पुगको बताउदै कालि बहादुर महताराले जिवनमा परिवारको व्यवस्थापन गर्दै ठिक्क भयो बांकी दिनहरुलाइ समाज सेवामा लाग्ने चाहाना अधुरै रहेको बताए । २०५६ साल तिर जनयुद्धमा सहभागि भएका कालि बहादुर महतारा संगै अविसरा महतारा पनि जनयुद्धमा सहभागि भएकी थिइन । जनयुद्धमा विवाह बन्धनमा बांधिएका यो जोडीले युद्धकालमा पनि लामो समय उपचार गरेका थिए । आफु अल्सरको विरामी समेत रहेका महताराको पेटमा सल्यक्रिया गरिएको छ भने अविसरा महताराको मृगौलाका कारण तत्कालिन समयमा उपचार गरिदै आएको थियो ।
युद्धकालमा पार्टीले उपचार गरेको भएपनि २०६४ पछिको शान्तिकालमा लगातार महिनामा ३० देखि ४० हजारको औषधि नल्याएको कुनै महिना नभएको विगतको स्मरण गर्दै महताराले भने यस्तो अवस्था अरु कसैको नहोस । आफुलाइ जिवनभर ३ जनाको औषधि उपचार गर्दाको अवस्थालाई हेर्दा अहिले १० देखि १२ लाख सम्मको ऋणमा रहेको बताए । अझै कति लाग्ने हो त्यो बांकी छ । अहिले सम्म जेन तेन व्यवस्थापन गरियो यति गरेर पनि कान्छि छोरीलाई बचाउन सकिएन । खुट्टामा घाउ परेर हिड्न नसक्ने अवस्था भएकि अविसरा महताराको सुर्खेत स्थित भवानि पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
अव श्रीमतिको अवस्था त्यस्तै छ घर भित्र बाहिर हिड्न नसक्ने अवस्था छ स्याहर गर्ने कि उपचारको लागि सोच्ने अवस्थामा नरहेको बताउदै मन्त्रि समेतलाई उपचारका लागि आग्रह गरियो तर कसैले ध्यान नदिएपछि आफु अन्तिम अवस्थामा पुगेको महताराको भनाई रहेको छ । आफु जस्तै विरामीको अवस्था अरुलाई भइदिएको भए कस्तो हुन्थ्यो त्यो त भन्न सकिदैन तर हामी जस्ता गरिवि भएर जन्मिएकाहरुलाई मृगौला फेर्न त परै जाओस औषधि नपाएर मर्नु पर्ने अवस्था कसैलाई नआओस उनले आशु झार्दै भने ।
उनि जनयुद्धमा सहभागि हुनु पूर्व शिक्षण पेशामा संलग्न रहेका थिए । त्यो अवस्थामा कायम भएको भए आज यो अवस्था आउने थिएन कि भन्ने सोचाइमा आफु रहेको बताउदै महताराले अहिले आएर कस्को लागि के गरेका रहछौं त भन्ने प्रश्न उव्जाएको छ ।
समाज सेवामा लागेको यतिका वर्ष भयो तर जिवनमा भने तनाव बाहेक अरु केही नभेटिएको र कहिले सम्म तनावको घेराबन्दिमा रहने हो ? त्यो भने बांकी रहेको महताराको भनाई रहेको छ ।
यो पनि पढ्नु होस
Discussion about this post