नेकपा कर्नालि प्रदेश कमिटि सदस्य गंगा बोगटीलाइ कोरोना

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्नालि प्रदेश कमिटि सदस्य,साथै अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य समेत रहनुका साथै खांडाचक्र नगरपालिका इन्चार्ज गंगा बोगटी(विरोध)लाई कोरोना संक्रमण देखिएको छ ।

उनलाई आइतवार कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाव संकलनको नतिजा आएपछि उनलाई संक्रमण भएको बताइएको छ । उनि कोभिड १९ विशेष अस्पताल कालीकोटमा आइसोलेसनमा रहेको बताइएको छ ।

त्यसै गरी जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेल समेत कोरोना संक्रमित भएको बताइएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटमा हाल सम्म कोरोना संक्रमितको संख्या २ सय १३ जना रहेको र हाल सम्म जम्मा सक्रिय संक्रमित संख्या २२ जना रहेका छन भने १ सय १९ जनाको स्वाव संकलन भएकोमा नतिजा आउन बांकी रहेको बताइएको छ ।

कालीकोटमा ९ जना थप भएका हुन । कोरोना देखिएकाहरुमा ४ जना सुरक्षाकर्मि,२ जना स्वस्थ्य कर्मि र २ जना राजनैतिक कर्मिका साथै एक जना सर्बसाधारण समेत संक्रमित भएको अधिकृत महतले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित