किन गर्जिए पलांतामा इन्द्र ?

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा पलांतामा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का पलांताका अध्यक्ष विष्णु रोकाया(इन्द्र) दशै तिहारको अवधिमा जनता भेटघाटमा व्यस्त रहेका छन । पलांता गाउं पालिकाका हरेक बस्तिमा पुगेर जनतामा शुभकामना आदान प्रदानमा व्यस्त रहेको बताएका छन । उनले पलांता गाउं पालिकाका समुदायलाई पार्टीको तर्फबाट भेटघाटलाई तिव्र पारेको बताएका छन ।

पालता सरकारका मुख्य नेतृत्व गाउं पालिका अध्यक्ष लक्ष्मण बम कहिले काठमाडौं ८ औ प्रस्तुतिका लागि सुटिङ देखि जिल्ला बाहिर साझा घरमा भेडो लिएर सहयोग देखि देउताका थानको सिलान्यास त कहिले सम्पर्क मंञ्चको उद्घाटनमा व्यवस्त रहेको बेला पलांता गाउं कमिटिका अध्यक्ष इन्द्रले पलांतामा जे जति भएको छ सबै कुरा जनताहरु स्पष्ट भएको बताएका छन ।

अहिले सम्म पलांता सरकारले के गरेको छ त्यो सबै पलांताका जनताले स्पष्ट बुझेका छन । अहिले हामी पलांता सरकारको विरोध गर्न पलांतामा कार्यक्रम गरेको नभई संकटका समयमा जनतालाई भेटघाट गर्नु पार्टीको कर्तव्य रहेको बताएका छन । उनले पलांताको थिर्पुमा सडकमा घेरबार लगाएर के गर्न खोजिएको हो त्यसको जवाफ जनताले खोजेको बताए । लामो समय देखि पलांता गाउं पालिकाको वडा न. ९मा जग्गाको सिचाई कुलो भत्काएको बारेमा विवाद समाधान नगरी सडकमा पर्खाल लगाइएको भएपनि गाउँ पालिकाले कृषकको मुआव्जा देखि केही पहल नगरेको बताइएको छ । स्थानिय बाढि पिडितहरुले आफुहरुलाई अषाढ देखि आज सम्म कुनै पनि पहल नभएको बताएका छन । उनिहरुले गएको अषाढमा धान रोप्न नपाएको भन्दै सडकमा घेरबार लगाउनुका साथै धानको विउ समेत सडकमा रोप्न बाध्य भएका थिए ।

पलांतामा अहिले राडुनेटा जाने सडक विगत ७ महिन देखि बन्द रहेको छ । पलांता गाउं पालिका अध्यक्ष लक्ष्मण बम र नेकपा पलांताका अध्यक्ष विष्णु रोकाय विच भएको झगडाका कारण त्यस तर्फ गाउं पालिकाले कुनै पनि पहल चालेको छैन भने पलांताको खिनमा भने जुम्ला जिल्लाबाट सडक खोलि यातायातका साधन संचालनमा ल्याइएको छ ।
पलांता गाउं पालिकाका अध्यक्ष लक्ष्मण बम पछिल्लो समय गाउं पालिका भन्दा जिल्ला बाहिर निजि फाउण्डेसन मार्फत सहयोग गर्दै जाने बाहेक पालिकामा ध्यान नदिएको स्थानियले आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित