कालीकोटमा लोप हुदै राष्ट्रिय चरा डांफे

7
SHARES
15
VIEWS

कालीकोट । माथिल्लो क्षेत्रमा पाईने राष्ट्रिय चरा डांफे कालीकोटमा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
कालीकोटको हिमालि भेगका चुलिमालिका,पुग,महावु लेक, देउरापाटन लगाएतका ठांउमा पाईने डांफे पछिल्लो समयमा देखिन छाडेका छन । थोरै मात्रामा देखिने डांफेको सिकार बढेको कारण लोप हुन थालेको स्थानियले बताएका छन ।

भेडा बाख्राको गोठालो गर्दै आएका कृषकहरुका अनुसार आफुहरु केही वर्ष पहिले जहां तहि देखिने डांफे हिजो आज त्यति मात्रमा नदेखिएको बताईको छ ।
कर्नालि तथा सुदुर पश्चिम प्रदेशको धार्मिक क्षेत्र बडिमालिका मन्दिर तथा अति शुन्दर एवंम रमणिय क्षेत्र देउरापाटनमा वर्षाऋतुमा गाई, भैसि, भेडा, वाख्राको गोठालो लाग्ने क्रम संगै चोरी सिकारी बढ्ने भएका कारण डांफे मात्र नभई थार,मृग,भालु बाघ,बदेल लगाएतका बन्य जन्तु देखिन छाडेको स्थानिय मानसिंह कठायतले बताएका छन ।

डिभिजन वन कार्यालयको स्थानिय ग्रामिण क्षेत्रमा प्रत्यक्ष पहुंच नपुग्दा समस्या आएको बताइएको छ । थोरै समय पछि डांफे मात्र नभई बन्य जन्तुको नाम समेत सुन्न नसकिने अवस्था आउने बताइएको छ ।
कालीकोटको कुल क्षेत्रफलको ३८ हजार नौ सय २९ दसमलव २० हेक्टर क्षेत्रफल वनले ओगटेको जिल्ला वन कार्यालय कालीकोटले जनाएको छ । बन्य जन्तुको संरक्षणका लागि समयमै नसोचेमा भावि दिनमा समस्या आउने सरोकार वालाको भनाई रहेको छ ।

राष्ट्रिय चरा डांफे मात्र नभइ लोपोन्मुख अवस्थामा रहेको बाघको संरक्षणका लागि के कस्ता पहल भएको छ भन्ने बारेमा डिभिजन वन कार्यालय कालीकोटका प्रमुख ललित कर्ण दशै विदामा रहेको र मोवाइल समेत स्विच अफ भएकाले आफुलाई जानकारी नभएको कार्यालय सहयोगि दंगलि बोगटीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित