नन्दादेबी बहुमुखी क्याम्पस नरहरिनाथ -०२, कोटवाडाको क्याम्पस ब्यबस्थापन तथा सञ्चालन समितिको अध्यक्ष अग्र बहादुर बिष्ट (सुनिल) विद्यार्थी र अध्यक्ष दुबै भएको कुरा साचो हो किनकी?
१. अग्र बहादुर बिष्ट स्थापनाकाल देखि भन्दापनी क्याम्पस स्थापना हुनु भन्दा २०६६ देखि क्याम्पस स्थापनाका लागि अग्रहिणिय नेतृत्व गरेको र निकै संघर्ष गरि तत्कालीन समयमा गा. बि. स., स्थानीय स्तरका राजनीतिक दल, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र त्रिभुवन बिश्वबिद्धालयका उपकुलपति डा. हिरालाल महर्जन सबैलाई कालिकोट त्यस्मापनी क्षेत्र नम्बर ५ मा उच्च शैक्षिक सस्थाको औचित्य, सान्दर्भिकता,आबश्यक्ता र महत्त्व बुझाउ सकि निकै कठिन घडीमा स्थापना गर्न सफल भएको हुन।
२. उनी किन स्थापनाकालदेखि अध्यक्ष भन्दा
– उनी आफ्नो ब्यक्तिगत ( मानसिक र शारीरिक ) लगानी र थोरै गाबिसको लगानीमा अबरात्र खटे र क्याम्पस स्थापना गरे तर अरुले घाटा र फाईदाको हिसाब गरे र पन्छिय,
– म क्याम्पस प्रमुख हुँदा २०७३ साल मा महिले तत्कालीन नेपाली कांग्रेस का अध्यक्ष पदका उम्मेदवार मीन ब. बोगटी , एमाले बाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार र अहिलेका गाउँपालिका अध्यक्ष धिर बहादुर बिष्ट लाई क्याम्पसको भौतिक, आर्थिक र शैक्षिक अबस्थाको जानकारी गराउदा कुनै सयोग गरेन र ब्यबस्थापन समिति अर्को वा यसैलाई सबैको प्रतिनिधित्व गराउने गरि गठन गर्न पहल गरे तर कसैले साथ दियनन र खाली राजनीति आँखा बाट ब्यवास्था गर्ने र झिनो सयोग मात्र भयो ।
– म, अध्यक्ष ( सुनिल) र अरु सदस्यले स्थानीय चुनाव पछी ब्यबस्थापन समिति खारेज गर्ने र सबै वडा र स्थानीय सरकारका प्रतिनिधि समेत समेटी अर्को ब्यबस्थापन समिति निर्माणका लागि पहल गरेउ तर कसैले पनि इच्छा देखायनन बरु नाफा घाटाको हिसाब गरे समितिमा रहदा।
– अध्यक्ष र महिले पर्तिनिधिशभा, राष्ट्रियशभा, प्रदेश र स्थानीय सरकार र तिनका प्रतिनिधि शीत भौतिक, आर्थिक र शैक्षिक बिकासको लागि अपिल गरेउ तर सयोग पाउन सकियन। सुनिल एकलै आर्थिक , शैक्षिक र भौतिक ब्यबस्थापनका लागि रातदिन खटिरहे र रहेका छन ।
– विधि र प्रक्रिया आफ्नो ठाउँमा छ, कर्मका हिसाबले उनी ब्यबस्थापन समितिको अध्यक्ष र विद्यार्थी दुबै हुँदै विद्यार्थीको हित र ब्यबस्थापन समितिको दुबै चुनौती र अबसर बुझे र पुरागर्न एउटा नावबालक शिशु जस्तै हुर्काय अरुले त्यो ल्याकत, साहास र आट गर्ने त के सोच्ननी सकेनन।
– कसैले क्याम्पसको बारे न उनी जतिकै लागे न क्याम्पसका गतिविधि बारे बोध गरे सबैले घाटा देखे र बिधालय जस्तो फाईदा नहुने र सरकारले दियको पैसा लुटन नपाईने ऋण लिनुपर्ने र अनेकौ आर्थिक र ब्यबस्थापिकिय चुनौती झेल्नुपर्ने देखे तर सुनिलले यस्को बिकासनै आफ्नो सपना बनाय र रातदिन लडिरहेका छन ।
– त्रि. बि. नियम र क्याम्पस संचालन नियमावली अनुसार उनी विद्यार्थी र अध्यक्ष दुबै हुन मिल्दैन तर के गर्नु उनी नभै नहुने भो किनकि महिले र अध्यक्ष ( सुनिलले) नरहरिनाथका सम्पुर्ण राजनीतिक दलका प्रमुख, स्थानीय सरकार प्रमुख र प्रतिनिधि सरोकारवाला सबैलाई नयाँ समिति बनाउ भन्दा सकिदैन क्याम्पसको अध्यक्ष हुन भनेपछि के गर्नु त।
– स्थापनाकालदेखि अध्यक्ष हुँदै अहिलेसम्म अध्यक्ष बन्न उनको रहर होइन सस्थाको बाध्यता हो। उनको सपनाहरू कयौं पूरा भएको छैनन् । उनी एक मिनेट पनि त्यो अध्यक्ष पदमा रहन त्यार छैनन् तर कोहि नआयपछी आफुले जन्मायको शिशुलाई टुहुरो बनाउन उनको आत्म, कर्म र योगदानले दिदैन।
अब सुनिल जतिकै जिम्मेवार भै नलाग्ने हो भने एक दिन यस्को देवासन निश्चिति छ। अब कोही तयार नभएपछी सुनिल रहिरहनेछन। त्यसैले क्याम्पसको गरिमा बुझौ र सबै लागौ हार्दिक अपिल गर्दछु।
# लेखक गौरी प्रसाद भटराई नन्दादेवि बहुमखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन ।
Discussion about this post