जनयुद्ध कालमा सिकेको सिप जिवन भरीलाई

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,२० वर्ष अघि जनयुद्धमा होमिएर जुम्लामा गएको बेलाबाट आर्टिष्टको काम गर्दै आएका भिम बहादुर सिंह उफ सुरज यति बेला हस्तकलाका माध्यमबाट आफ्नो घरपरिवारको व्यवस्थापन गर्न तल्लिन रहेका छन । उनि जनयुद्धका भित्तेलेखनका कामको जिम्मा मात्र नभई तालिम दिने सफल प्रशिक्षकको काम समेत गर्दै आएका एक कुशल कमाण्डर हुन । तत्कालिन समयमा भेरी कर्णालिका विभिन्न जिल्लामा भित्तेलेखन गर्दै आएका कमरेड सुरज पार्टीले तयार गरेको जनम कला केन्द्रकाका कमाण्डर थिए ।

दैलेख विद्रोहका समयमा दैलेख पुगेर विभिन्न क्षेत्रमा भित्तेलेखनमा सक्रिय रहेको बताउदै आफुले युद्धका क्रममा लडाईका मोर्चाहरुमा लड्ने यौद्धा भन्दा ठुलो भुमिका निर्वाह गरेका उनि अहिले पनि आन्दोलनमा रहेको महसुस गर्ने गरेको बताउछन । आफुले जनयुद्धका समयमा लेखेका भित्तेलेखन अहिले पनि कयौं ठाउँमा रहेको बताउने सुरजले जुम्लाको थामबाडा देखि गज्र्याङकोट सम्मको तत्कालिन शाही सेनाको लखेटाईमा परेको स्मरण गर्दै आफुलाई बचाउन विशेष भुमिका निर्वाह गर्ने जुम्लाका अमोधले गर्दा बचेको तिन घण्टा सम्म बेहोस हुंदाको दिनलाई सम्झने हो भने नाफाको जिन्दगिको रुपमा लिएको बताए ।

वास्तविक जनयुद्ध नभएको भए संघियता, समावेशिता,लोकतान्त्रिक गणतन्त्र र लैंगिक समानताको अवस्था नआउने रहेछ । उनले भने आफुले जनम कला आर्ट नाम तत्कालिन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य जनम बरालको नामबाट राखिएको कला केन्द्र शान्ति अवस्थामा आएर व्यवस्थापन नहुंदा बन्द भएको थियो ।

बैधानिक तवरबाट २०६७ सालबाट सिंह आर्टका नाममा दर्ता गरी सेवा गरेको बताउदै सुरजले भने यहि कमाईबाट आफुले सुर्खेतमा घर लगाएको छु छोरीलाई एच एमा पढाई रहेको छु । आफु संगै परिवारले सोही खोका भित्र तरकारी पसल गर्दै आएकी छन । दुई छोरा र एक छोरी रहेका सुरजको योजना छोरालाई डाक्टर पढाउने सोच रहेको बताए ।
उनले जनयुद्धमा जति त्याग गरियो त्यति त्याग अहिले पनि पार्टीलाई गरेको तर उचित मुल्याँकन नहुने गरेकाले आफुलाई वितृष्णा हुने गरेको बताए । जनयुद्ध एकादेशको कथा भए पनि अहिले सम्झिदा फरकपन नभएको बताए । अझै पनि जनयुद्धका समयमा बांडिएका सपनाहरु पुरा गर्न सबै लाग्नु पर्नेमा उनको जोड रहेको छ ।उनको हस्तकला बेग्लै किसिमको रहेको छ । हातको कलाबाट कार्ल माक्स,लियोनार्दाे भिन्चि लगाएतका मानविय स्वरुप दुरुस्तै कोर्ने गरेका छन ।

होर्डिङ बोर्ड लगाएतका हस्तलेखनको काम गर्दै आएका उनि आधुनिक जमाना प्रविधिको विकास भएपनि हस्तकलाको महत्व बुझ्नेहरु तमाम रहेको बतादै व्यवसायमा प्रभाव नपरेको भनाई रहेको छ । हस्तकला पनि इतिहांस हो आफुले कयौं बाल बच्चाहरुको तस्विर बनाएको छु अहिले पनि कयौंको माग आउने गरेको सुरजको भनाई रहेको छ ।जिल्ला भर रहेका आर्टिष्टहरुको संगठन विस्तार गर्ने योजना आफुमा रहेको बताउदै उनिहरुको हितका लागि पहल चाल्ने सुरजको भनाई रहेको छ ।

पांच दाजु भाई र दुइ बैनि रहेको बताउने सुरजको कला प्रति सबै मक्ख हुने गरेको बताए । आफु मात्र व्यवसायमा रहेको तर दाजु भाईहरु कोही नोकरी राजनैतिक क्षेत्रमा रहेको बताउदै आफुले यहि पेशालाई जारी राख्ने अठोट रहेको उनको भनाई रहेको छ । सदरमुकाममा आर्टिष्टको काम गर्ने आधा दर्जन भएपनि पछिल्लो समयमा कमै रहेको बताउदै ग्रामिण क्षेत्रमा तमाम रहेको उचित पारिश्रमिक विना ओझेलमा रहेको उनको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित