पार्टी एकता कायम राख्न विद्यार्थिको भुमिका महत्वपूर्ण —नेता बम

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य बिश्वराज बमले पाटी एकता कायम राख्न विद्यार्थिकोे भुुमिका महत्वपूर्ण रहने बताउनु भएको छ ।

आज रास्कोटमा आयोजना गरिएको कार्यक्रममा नेता बमले अहिले पार्टी विभाजन हुने हल्ला मात्र भएकाले सो भ्रम चिर्न विद्यार्थिहरुले विशेष भुमिका चाल्न अनुरोध गर्नु भएको छ । अनेरास्ववियु रास्कोट नगरकमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

सो कार्यक्रममा अनेरास्ववियु कालीकोटका संयोजक मनसिंह शाही,रास्कोट नगरकमिटि सचिव दयाराम सिमखाडा,अग्र बहादुर बोगटी,जिल्ला सदस्य नरेश शाही,रास्कोट नगरपालिका वडा न. ९का वडा अध्यक्ष तथा जिल्ला सदस्य डबल बोगटी लगाएतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नगरका विद्यार्थि नेताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला सदस्य निर्मल कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको अनेरास्ववियु जिल्ला सदस्य जनक आचार्यले बताएका छन ।

उनका अनुसार यसपछि पलांताको राडुनेटा, पचालझरनाको जारकोटमा शुभकामना आदान प्रदान कार्यक्रम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित