बर्ष दिनमै ३ अभिभावक गुमाएका टुहुराहरुका लागि सहयोग जुट्दै

7
SHARES
15
VIEWS

मुगु । एक बर्षभित्रै बुबा हजुरबुबा र हजुरआमा गुमाएका ४ टुहुरा बालबालिकाको लागि थप सहयोग रकम जुट्दै गएको छ ।

एक बर्षभित्रै तीन जना अभिभावक गुमाएका युवराज कुमाल र उनको पारिवारिक स्थितिका बारेमा समाचार प्रकाशित भएपछि अहिले देश विदेशका मनकारी व्यक्तिहरुले सहयोग गरिरहनुभएको हो ।
पछिल्लो पटक सरकारी वकिल कार्यालय कैलालिका सहायक जिल्ला अधिवक्ता सुरबहादुर परियारले २५ हजार सहयोग गर्ने जानकारी गराएका छन् ।

त्यसैगरि धार्दिङ घर भै हाल काठमाडौं बस्दै आएका संचारकर्मी राजन अधिकारीले १० हजार सहयोग गर्ने भएका छन् । यस्तै पुर्ख्यौली मुगु भइ हाल वेलौरी नगरपालिका वडा नम्बर १ गोकुलपुर निवासी दक्षिण कोरियामा कार्यरत दिलबहादुर शाहीले टुहुरा कुमाल परिवारका लागि १० हजार सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित