अनरगल प्रचारमा भ्रमित नहुन रास्कोट नगरको आग्रह (विज्ञप्ति सहित)

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख, रास्कोट नगरपालिकाले कोभिड १९को रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले उल्लेखनिय काम गर्दै आएको र स साना काममा भएको कमजोरीको टिका टिप्पणि गरेर अनरगल भ्रम प्रति नलाग्न आग्रह गरेको छ ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल द्धारा जारी गरिएको प्रेस नोटमा भनिएको छ लक डाउनको अवधि भित्र ७०० नागरिकको उद्धार,१हजार ७सय ४३ विपन्न,असाहय नागरिकलाई राहत वितरण,स्वस्थ्यकर्मि परिचालन तथा व्यवस्थापन, क्वारेन्टाइनको व्यवस्थापन लगाएतका काम गरेको भएपनि राहत वितरणमा वडा न. ९मा भेटिएको भनिएको कुहिएको चामल फिर्ता गरी व्यवस्थापन गरेको कुरालाई प्रचार बाजि भएकोमा त्यस प्रति स्थानिय सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

प्रेस नोटमा भनिएको छ यस कठिन घडिमा नागरिक को जिवन प्रति खेलवाड गर्ने कुनै पनि नियत नभएको र उक्त त्रुटि प्रति नगरले अनुसन्धान अगाडी बढाएको बताइएको छ । गएको चैत्र २८ गतेको सरकार देखि सरकार खरिद अनुसार खाद्य संस्थानबाट तिन सय ६० कुयन्टल चामल(एक हजार दुई सय प्याक)लिएको र सोही अनुसार राहतका लागि चामल ३० केजि,तेल १ पाकेट,दाल २ केजि र नुन एक पाकेट वितरण गरिएको उल्लेख गरिएको छ ।
राहत वितरण देखि कोरोना भाईरसको नियन्त्रणका लागि नगर कटिबद्ध रहेको उल्लेख गर्दै यस प्रक्रियामा केही मान्छेहरुले अनरगल प्रचार गरी विषय तोडमोड गर्ने र तथ्यहिन अपवाह दुस्प्रचार गर्ने भ्रमलाई भत्सर्ना गरिन्छ भनिएको छ । सम्पूर्ण नगरवासि,राजनैतिक दल,सरोकारवाला निकाय,शिक्षक बुद्धिजिवि तथा संचार माध्यमलाई नगरपालिकाले विगतका त्रुटिलाई सच्याउदै उच्च सतर्कताका साथ लागि पर्नेमा विशेष अपिल गरिएको छ ।

रास्कोट नगरपालिकामा विकास निर्माण लगाएतका राम्रा काम हुनुले केही व्यक्तिले त्यस प्रति इष्र्या पैदा हुनु स्वभाविक भएको नागरिकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित