काठमाडौं/वैशाख, बारम्बार विवादमा आएको लिपुलेकमा भारतले पटक पटक हस्तक्षेप गर्दै आएको छ । यस पटक कैलाश मानवसरोवर जाने सडक उद्घाटन गरेको खवर बाहिरिए पछि प्रगतिशिल नागरिकहरुले विरोध गर्न थालेका छन । यस सम्बन्धमा सरकारको आधिकारिक धारणा बाहिर आएको छैन । अहिले नेपालका विभिन्न क्षेत्रमा लिपुलेकको बारेमा विरोध चर्किन थालेको छ ।
नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ ।
सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । विद्यार्थिहरुले भारतिय दुतावास नजिक नारा जुलुस गर्ने योजना रहेको भएपनि विचमै प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।
Discussion about this post