कालीकोटमा के छैन ? नेपालको अग्लो पचालझरना देखि तिलागुफा सम्म

7
SHARES
15
VIEWS

कालीकोट । हिमाल र पहाड संग जोडिएको कालीकोट जिल्ला हेर्दा नै मनोरमका रुपमा चिनिदै आएको जिल्लाको रुपमा लिन सकिन्छ । यस जिल्लामा पर्यटकिय क्षेत्रका रुपमा रहेको अग्लो पचालझरना,सांस्कृतिक धरोहर धर्मगुरु नरहरीनाथ,धार्मिक देवस्थल पांच पाण्डव द्धारा निर्मित पञ्चदेवल देखि तिला गुफा समेत रहेका छन ।
हरेक क्षेत्र एक न एक नामले स्थापित भएर अघि बढेका हुन्छन । ठांउको पहिचान हरेक क्षेत्रको आफ्नो निश्चित अस्तित्व भित्र रहेको हुन्छ ।त्यस भित्रको प्राकृतिक क्षेत्रले धनि मानिएको कालीकोट जिल्लामा पछिल्लो समयमा स्थानिय सरकारले संरक्षण तथा प्रवद्धनमा जोड दिएपछि बढ्न थालेको हो ।
त्यहि भित्रको कालीकोट जिल्लालाई स्थापित गरेको छ नेपालको अग्लो पचालझरना ।कालीकोट जिल्लाको पचालझरना गाउं पालिकाको खार्दुमा अवस्थित पचालझरना तत्कालिन जनयुद्ध ताका ने क पा(माओवादी)को पहलमा पहिलो पटक जिल्ला विकास समितिको प्राविधिक र बयोबृद्ध जयकृष्ण संज्याल सहितको टोलिले गरेको स्थलगत अध्ययन पछि चार सय ७२ मिटरको उचाई कायम गरिएको थियो । स्थानिय निकाय गठन संगै पचालझरना गाउं पालिका अध्यक्ष्ँ खडगराज सेजुवालको पहलमा जिपिएस सहितको नाप जांच पछि ३ सय ८१ मिटर कायम संगै पर्यटन वर्ष २०२०का लागि ६४ स्थानमा भ्रमणका लागि गतव्य स्थलका रुपमा सुचिकृत भएको छ ।नेपालको अग्लो झरनाको लागि पर्यटन बोर्डबाट प्रक्रिया अघि बढेको पचालझरना गाउं पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । यस अघि पर्यटन प्रवद्धनका लागि नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशको भेला समेत पचालझरनाको फेदीमा गरिएको थियो भने पचालझरना गाउं पालिकाको विशेष गाउं सभा समेत पचालझरनाको फेदीमा गरिएको थियो ।

कालीकोट जिल्लामा रहेको पचालझरना स्थानिय पचालछहडोको नामले चिनिदै आएको भएपनि पछिल्लो समय पचालझरना कायम गरिएको हो । त्यसै गरी कालीकोट जिल्लामा अहिले महत्वमा आएका स साना देवस्थल,गुफा मात्र नभइ धार्मिक महत्व बोकेको जिल्लाका रुपमा स्थापित भएको छ ।

कालीकोट जिल्लामा मध्य तथा सुदुरपश्चिमको बाजुरा र कालीकोटको विचमा पर्ने बडिमालिका मन्दिर,कालीकोटको बदालकोटमा रहेको चुलिमालिका मन्दिर,राम्नाकोटमा रहेको पुगमालिका मन्दिर,ओदानकुमा रहेको महावु लेक,रकुमा रहेको गडुलास्नि,चिल्खायामा रहेको तिला गुफा,खमाले गुफा,रास्कोटको त्रिबेणि पाटन,देउरा मालिका,चिल्खायाको रुडुबञ्चु,बदालकोटको नौमुल,मान्ममा रहेको पञ्चदेवल, कोटदरवार,नेपालको लामो नदि कर्णालि र तिलाको संगम स्थल जितेबजार लगाएतका जिल्लाको नामलाई उचो राख्ने सम्पदा भए पनि यि सम्पदाका लागि विशेष ध्यान नपुगेको आवाज उठ्न थालेको छ ।


तत्कालिन अवस्थामा कालीकोट जिल्ला देखि केन्द्र सम्म राजनैतिक गर्ने नेताहरु भने सिंगो कर्णालको नाममा मागि खाने भांडोका रुपमा प्रयोग भएको भएपनि संघियताको शुरुवातमा जिल्लाका विभिन्न ठाउंमा रहेका प्रकृति सम्पदा तथा पर्यटकिय क्षेत्रहरु संरक्षण प्रवद्धनका लागि स्थानिय सरकारको भने सक्रियता बढ्न थाल्नु र संचारमाध्यमबाट बाहिर आउन थालेका हुन । कालीकोट जिल्लामा विभिन्न क्षेत्रमा विकास निर्माण देखि सामाजिक क्षेत्रमा पछि परेका समुदायको खानिका रुपमा देश तथा विदेशमा कर्णालि चिनिएको छ ।

कर्नालिमा मुगु राराताल,नेपालको अग्लो स्थानमा रहेको शे फोक्सुण्डो ताल,जुम्लाको धार्मिक स्थल चन्दननाथ बर्णन गरिसक्नु छैन । यि सम्पदाहरुको लागि नेपाल पर्यटन बोर्ड मार्फत कामको थालनि हुनु र स्थानिय निकाय सक्रिय रुपमा लाग्नु पर्ने जनगुनासो आएको छ ।
यस सम्बन्धमा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले रास्कोटको माथिल्लो क्षेत्रमा रहेको त्रिवेणि,देउरा पाटन लगाएतका अन्य प्राकृति सम्पदा र धार्मिक स्थलको संरक्षणमा विशेष जोड दिएको बताउदै आगामी दिनमा त्रिवेणि र देउरा लेकमा कृषि उत्पादनका साथै पर्यटन हवका रुपमा अघि बढाउने र सो कालागि सडक विस्तारको काम चाल आर्थिक वर्षमा सम्पन्न गर्ने बताउनु भयो । वहांका अनुसार स्याउ जोन कार्यक्रम मार्फत कृषिमा सेलार स्टोर भवन तथा अन्य संरचनाको विकास भएकाले निकट भविष्यमा रास्कोटको माथिल्लो क्षेत्र पर्यटकका लागि विशेष गन्व्य स्थल बन्नेमा ठोकुवा गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित