भेडी गोठमा भालु पस्दा एक दर्जन भेडा मरे

7
SHARES
15
VIEWS

जुम्ला ।  कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको बताइएको छ ।
गए राति गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताएका छन ।उनका अनुसार
लामो समयसम्म भेडा पाल्दै आएका रावतले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गरे । वर्षौँ दिनको मेहनत एकै दिनमा जाँदा रतिमानको परिवारमा दुःख छाएको छ ।
रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उनी बताउँछन् । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर पाउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेको आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित