पलांताको कर्नालि माविमा विप्लव निकट नेकपा द्धारा फर्निचर सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पलांता गाउँ पालिकामा रहेको कर्नालि माविमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले फर्निचर उपलब्ध गराएको छ ।

अभियानमा रहेको उक्त टोलिले १५ वटा बेन्च उपलब्ध गराएको नेकपा कालकोटका सचिव रणदिप ऐडीले बताएका छन । उनका अनुसार खिनमा रहेको कर्नालि माविमा फर्निचर अभाव रहेकाले अभियान टोलिले एक हप्ता लगाएर बेन्च निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको बताए ।

जिल्ला भर संगठन सृदृढका लागि संचालन गरिएको अभियान टोलिले कुर्चि बनाएर विद्यालयलाई प्रदान गरेको हो ।

कक्षा ११ र १२को परिक्षा संचालनको तयारी भएको र विद्यार्थिहरुले परिक्षा दिदा भुईमा बसेर परिक्षा दिनु पर्ने भएपछि अभिभावकहरुको उपस्थितिमा तिन दिन लगाएर सम्पन्न गरिएको फर्निचर विद्यालयलाई दिएको नेपाल दलित मुक्ति मोर्चाका भेरी कर्नालि संयोजक पदम विकले बताएका छन ।

विकको नेतृत्वमा खिनमा यस अघि नेकपाले पलांतामा सिचाई कुलो र अबरुद्ध विद्युत संचालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित