‘खोजी आवाजको’ पहिलो विजेता बने धिरेन्द्र र पवित्रा

7
SHARES
15
VIEWS

काठमाडौं। रेडियो काठमाडौं र डीएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणीको बसाईमा ‘खोजी आवाजको’ पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का बनेका छन् ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागि रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान शुरु गरिएको डीएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिइने छ र त्यस गीतको बजार व्यवस्थापन डीएआर मुभिजले गर्ने छ ।

विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिनाभित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।

देशभरका १०० भन्दा बढी रेडियो एफएमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम इन्द्रेणीमार्फत देशभरका लोकगीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रमको सञ्चालन इन्द्रेणीका प्रस्तोता तथा रेडियो काठमाण्डूका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गर्दै आएका छन् । ‘खोजि आवाजको’ प्रतियोगिताको निर्णायकमा लोक दोहोरी गायक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाडौं, उपेश परियार दाङ, महेश दवाडी काठमाडौं, छिना गुरूङ भोजपुर र पृथ्वीराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनोट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामी मगर प्यूठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनोट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पूर्ण कुमार तिवारी काठमाडौं, पवित्रा आले मगर काठमाडौं, नविन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पूर्ण कुमार तिवारी अडिसनबाट छनोट भएका थिए ।

तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित