नेकपा कालीकोट : यि हुन प्रदेश सांसदको सम्भावित उम्मेद्धार (नामावलि र फोटा सहित)

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा आगामी प्रदेश सभाका लागि कालीकोटबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा सम्भावित सांसदहरु तपसिल अनुसारका नयां अनुहारहरु हुने सम्भावना बढेको छ ।
                                                        प्रदेश सभाका लागि निर्वाचन क्षेत्र (क)बाट
१.धनजित शाही :नेकपा कालीकोटका अध्यक्ष समेत रहेका धनजित शाही जनयुद्धकालिन सालिन एवंम भद्र नेताका रुपमा चिनिदै आएका छन । कालीकोट जिल्लाको क्षेत्र न.क बाट पूर्व नेकपाका तर्फ शाहीको प्रवल सम्भावना रहेको छ ।
२.सर्पराज सिंह : नेकपा क्षेत्र न. क का पार्टी सचिवको जिम्मेवारी लिएका सिंहको क्षेत्र न. क बाट प्रवल सम्भावना बढेको छ । उनि यस अघिको स्थानिय तह महावैको प्रत्यासि समेत रहेका सर्पराज सिंहको प्रदेश सांसदमा सम्भावना बढेको हो ।
३.जसि पाण्डे : खांडाचक्र नगरपालिकाका प्रमुख समेत रहेका जसि प्रसाद पाण्डे आगामी निर्वाचनमा प्रदेश सांसदमा दावि गर्ने संकेत देखिएको छ । खांडाचक्र नगरपालिकामा जिम्मेवारी लिएका पाण्डेले प्रदेश सांसदमा दावि गर्ने देखिएको हो ।
४.चित्र सिंह : पूर्व नेकपाका कालीकोटका सचिव समेत रहेका हालका नेकपा कालीकोटका सचिवालय सदस्य समेत रहेका सिंहको प्रदेश सांसदमा संभावना बढेको छ ।
५.यशोदा न्यौपाने : नेकपा कर्नालि प्रदेश कमिटि सदस्य समेत रहेकी महिला नेतृ यशोदा न्यौपाने(पूणिमा)को आगामी निर्वाचनमा प्रदेश सांसदका लागि अघि सरेकी छन । कालीकोटबाट महिला र दलितको निश्चित कोटा कायम गरेर भएपनि महिलाको प्रतिनिधित्व सुनिश्चित कायम गर्ने र महिला नेतृ न्यौपानेको सम्भावना निकै बढेको छ ।
६.गंगा खड्का : यस अघि खांडाचक्र नगरपालिकाका उपप्रमुखको प्रत्यासि रहेकी गंगा खड्का नेकपा प्रदेश कमिटि सदस्य तथा खांडाचक्र नगरपालिकाको इन्चार्ज समेत रहेकी छन । उनको आगामी निर्वाचनमा क्षेत्र न.क बाट प्रदेश सांसदको दावि हुने निश्चित देखिएको छ ।
७. लक्ष्मि चौलागाइ : नेकपा कर्नालि प्रदेश कमिटि सदस्य तथा महावै गाउँ कमिटि इन्चार्ज समेत रहेका लक्ष्मि चौलागाइ(शैलेन्द्र)को आगामी निर्वाचनमा प्रदेश सांसदको दावि गर्ने निश्चित देखिएको छ । उनले पछिल्लो समयमा जिल्लाका विभिन्न क्षेत्रमा संघिय सांसद दुर्ग रावत संगै निरन्तर अभियानमा रहेका चौलागाई प्रदेश सांसदका लागि निर्वाचन क्षेत्र क बाट प्रवल सम्भावना बढेको छ ।
                                                     प्रदेश सभाका लागि निर्वाचन क्षेत्र (ख)बाट
१.नगेन्द्र शाही : नेकपा कालीकोटका पार्टी सचिव रहेका नगेन्द्र शाही(नेश्नल)आगामी निर्वाचनमा प्रदेश सांसदका लागि निर्वाचन क्षेत्र ख बाट प्रवल सम्भावना बढेको छ । प्रदेश सभाका लागि यस क्षेत्रबाट शाहीको सम्भावना प्रवल देखिएको छ ।
२.विष्णु वि क : नेकपा प्रदेश कमिटि सदस्य तथा साविक माल्कोट पूर्व गाविस अध्यक्ष समेत भएका उनि प्रदेश सांसदका लागि निर्वाचन क्षेत्र ख बाट बलिया दावेदारका रुपम लिइएको छ ।उनि यस अघि प्रदेश सांसदका लागि समानुपातिक उम्मेद्धार समेत थिए । अहिले आगामी निर्वाचन दलितको प्रतिनिधित्व सुनिश्चित गरी उम्मेद्धारको सम्भावना बढेको छ ।
३ं.जनकनाथ योगि : हालका कर्नालि प्रदेश सरकारका मुख्मन्त्रि महेन्द्र बहादुर शाही तथा मुख्यमन्त्रालयको जनसम्पर्क मंचका संयोजक समेत रहेका योगि यस अघि निर्वाचन क्षेत्र ख बाट समानुपातिक उम्मेद्धार समेत रहेका थिए । उनि आउने निर्वाचनमा प्रदेश सांसदको वलिया दावेदारका रुपमा हेरिएको छ ।
४.खडगराज सेजुवाल : पचालझरना गाउँ पालिकाका अध्यक्ष समेत रहेका खडगराज सेजुवाल आउने निर्वाचनमा प्रदेश सांसदका लागि दावेदारका रुपमा लिएको छ । उनि यस पछि आउने निर्वाचनमा प्रवल सम्भावना बोकेका सेजुवाल साविकको पलांता क्षेत्र भनेर चिनिने राम्नाकोट निवासि हुन । अहिले पचालझरना गाउँ पालिकाका जिम्मेवारी लिए पछि स्थानिय उत्पादन तथा अन्य काम बढि गर्ने र कम चर्चामा आउने व्यक्तिका रुपमा लिन सकिन्छ । आगामी निर्वाचनमा उनको सम्भावना निकै बढेको छ ।
५.जगत शाही : नेकपा कालीकोटको निर्वाचन क्षेत्र ख का संयोजक समेत रहेका शाही आगामी निर्वाचनमा निर्वाचन क्षेत्र ख का दावेदारका रुपमा लिएका छन ।
६.काशि चन्द्र बराल : राजनैतिक क्षेत्रमा लामो समय स्थानिय तहको भुमिका निर्वाह गर्दै आएका हालका रास्कोट नगरपालिकाका प्रमुख रहेका काशिचन्द्र बराल आगामी निर्वाचनमा  प्रदेश सांसदमा दावि गर्ने पक्का देखिएको छ । राजनैतिक क्षेत्रमा अग्रसर बराल योजनाकार र दरदर्शि नेताका रुपमा लिदै आएको छ । रास्कोटमा गरेका नमुना कामहरु संगै बरालले प्रदेश सांसद भएमा त्यस क्षेत्रलाई समाजवादी व्यवस्था तर्फ उन्मुख गराउनुका साथै नमुना बनाउने योजना उनिमा देखिने भएकाले प्रदेश सांसदको सम्भावना बढेको छ ।
७.धिर बहादुर विष्ट : शैक्षिक क्षेत्रबाट राजनैतिक क्षेत्रमा प्रवेश गरेका हालका नरहरिनाथ गाउँ पालिका अध्यक्ष रहेका धिरबहादुर विष्ट प्रदेश सांसदका लागि निर्वाचन क्षेत्र ख बाट प्रवल सम्भावना बढेको छ । निरन्तर जनताका साथमा परिणाममुखि काम बनाउनका लागि अहोरात्र खट्ने विष्ट प्रदेश सांसदको बलिया दावेदारका रुपमा लिएको छ ।
८.विश्वराज बम : तत्कालिन नेकपा(एमाल) कालीकोटका अध्यक्षका प्रत्यासि रहेका नेकपा कालीकोटका जिल्ला कमिटि सचिवालय सदस्य रहेका विश्वराज बम आगामी निर्वाचनका लागि प्रदेश सांसदको वलिया दावेदार हुने सम्भावना बढेको छ । राजनैतिक क्षेत्रमा निरन्तर लागि परेका नेता बम प्रदेश सांसदका लागि निर्वाचन क्षेत्र ख का बलिया उम्मेद्धारका रुपमा लिन थालिएको छ ।
९.अनन्त वि क : २०६४सालको संविधान सभा निर्वाचनका समानुपातिक उम्मेद्धार समेत रहेको हालका जिल्ला समन्वय समिति कालीकोटका सदस्य रहेका अनन्त विक(राजेश) आगामी निर्वाचनमा प्रदेश सांसदको तयारीका लागि अग्रसर भएका छन । उनि यस अघि पलांता गाउँ पालिकाका अध्यक्षका उम्मेद्धारका दावेदार हुन । दलितहरुको प्रतिनिधि गर्ने गरी प्रदेश सांसदमा निर्वाचन क्षेत्र ख बाट दावेदार मानिनु भएको हो । उनले अन्य दलितहरुको प्रदेश सांसदको दावेदार अनिवार्य हुनु पर्नेमा उनको मनसाय रहेको छ ।
१०. अनिपाल शाही : पारिवारिक जिवनमा फरक धार भएपनि कम्युनिष्ट राजनैतिकमा अग्रसर रहनु भएका हालका कालीकोट जिल्ला समन्वय समितिका प्रमुख रहेका अनिपाल शाही(पराक्रमि) आगामी निर्वाचनमा प्रदेश सांसदको दावि दावेदार मानिनु भएको छ । जिल्ला समन्वय समितिको जिम्मेवारी पुरा गरेकाले प्रदेश सांसदको लागि दावेदारका रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित