पर्सा । २६ वर्षका एक युवाले ५ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।
बलात्कार गरेको आरोपमा बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Discussion about this post