चिनीको नयाँ मूल्य निर्धारण : प्रतिकिलो ७७ रुपैयाँ २० पैसा

7
SHARES
15
VIEWS

काठमाडौं । चिनीको नयाँ मूल्य निर्धारण गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हालैमात्र भारतबाट ल्याइएको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो ।
दशैं, तिहार तथा छठ जस्ता ठूला चाडंपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चाल गर्दै आएको कर्पोरेसनले उपभोक्ताहरुलाई ७० रुपैयाँ प्रतिकेजी मूल्यमा नै चिनी उपलब्ध गराइरहेकोमा सोमबारदेखि नयाँ चिनीको नयाँ मूल्य तोकिएको कर्पोरेसनका केन्द्रिय महाशाखाका व्यवस्थापक ब्रिजेशकुमार झाले बताएका छन ।
उनका अनुसार बजारमा हल्ला गरिएजस्तो अहिले चिनीको मूल्य बढाएको होइन । नयाँ चिनीको मूल्य निर्धारण गरिएको मात्र हो झाले भने,सरकारी स्वीकृति अनुसार पछिल्लो समय भारतबाट आयात गरिएको चिनीको मूल्य, भाडा र व्यवस्थापन खर्च समेत जोडर नयाँ मूल्य तोकिएको बताइएको छ ।
त्यसो त अन्य मार्केट तुलनामा चिनीको मूल्य प्रतिकेजी ५–६ रुपैयाँले नै सस्तो रहेको उनको भनाइ छ ।
‘बजारमा हेर्ने हो भने अहिले पनि चिनी ८२–८३ रुपैयाँमा प्रतिकेजीमा कारोबार भइरहेको छ । तर साल्टले ७७ रुपैयाँ २० पैसामा नै चिनी उपलब्ध गराएको छ । यो पनि भर्खर नयाँ चिनी आएपछिको नयाँ मूल्य हो । झाका अनुसार हिजो सम्म ७० रुपैयाँमै सर्वसाधारणलाई चिनी उपलब्ध गराइरहेका थियौं ।
यद्यपी साल्टले तोकेको चिनीको नयाँ मूल्य काठमाडौं र आसपासका क्षेत्रलाई मात्र हो । व्यवस्थापक झाका अनुसार वीरगन्जका लागि प्रतिकेजी ७४ रुपैयाँ ५० पैसा र काठमाडौंका लागि प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकिएको हो । वीरगंज देखि काठमाडौं सम्मको ढुवानी भाडा, व्यवस्थापन खर्च लगायतका लागत खर्च जोडेर नयाँ मूल्य निर्धारण गरिएको हो ।
हालैमात्र साल्ट ट्रेडिङले सरकारी स्वीकृतिमा भारतको कल्कत्ताबाट पटकपटक गरी २० हजार मेट्रिकटन बराबरको चिनी आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित