विप्लव नेकपा : ७ वर्षमा उपलब्धि भन्दा क्षति बढि

7
SHARES
15
VIEWS

कालीकोट । तत्कालिन नेकपा(माओवादी) जनयुद्धबाट शान्ति पिरिएडमा फर्किए संगै पार्टी सरकारमा मतभेद भिन्न भए पछि पार्टीमा विवाद उत्पन्न भए लामो समय आपसि आरोप प्रत्यारोपमा वितेको थियो । विभाजनमा पुगेको माओवादी पार्टीबाट बैद्य निकट नेकपा- माओवादी गठन  भएको छोटो समयमा विभाजन भई विप्लव नेतृत्वमा गठन भएको नेकपा माओवादीले भिन्न मत राख्दै शसस्त्र विद्रोहको नारा अघि सादैं एकिकृत जनक्रान्ति मार्फत संघर्षमा   निणर्य गरेर पार्टीको नाम समेत नेपाल कम्युनिष्ट पार्टी राखेको थियो ।

अहिले सरकार द्धारा प्रतिबन्ध गरिएपछि के कति काम सफल भएको र मंसिर ८ गते जनमुक्ति सेना दिवस तथा पार्टी पुनरगठनको अवसरमा देशभर विभिन्न कार्यक्रम गर्दै आएको बताइएको छ । यस सन्दर्भमा उक्त पार्टीले गरेका उपलब्धि भन्दा पनि क्षति व्याहोर्ने काम मात्र गरिएको छ । हाल सम्म ११ जनाले ज्यान गुमाइसकेका छन भने बरिष्ठ नेताहरु गिरप्तारमा परेर जेल जिवन भोग्दै आएका छन ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा कालीकोटको माल्कोट मतदान केन्द्रमा प्रहरीको गोलि लागि मृत्यु भएका धनरुप बटाला,कैलालिमा आफैले बोकेको प्रेसरकुकर बम पट्किदा चन्द्र बहादुर सिंह,काठमाडौंमा प्रेसरकुुकुर बम पट्किदा मृत्यु भएका तिर्थराज घिमिरे,गोकुल रानामगर,प्रज्वल शाही,विभुराम विक,विष्णु भण्डारी,रामकुमार श्रेष्ठ,प्रहरीले नियन्त्रणमा लिएर राम बहादुर सिंह ,भोजपुरमा तीर्थराज घिमिरे, नीरकुमार राई,सर्लाहीमा कुमार पौडेल मृत्यु भएको थियो ।

त्यसै गरी पार्टीका स्थायि समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ तत्कालीन स्थायी समिति सदस्य हुन् । केन्द्रीय सदस्यहरू माइला लामा, भरत बम लगाएतका दर्जनौ नेता जेलमा छन् ।

क्षेत्रीय ब्युरो सदस्य, जिल्ला समिति सदस्य र तल्लो तहका कार्यकर्ता ६ सयको हाराहारीमा जेलमा रहेको बताइएको छ।

यस्तो अवस्थामा आउदा समेत उक्त पार्टीले अहिले सम्म नत संघर्षलाई अघि सार्न सकेको छ न त संसदवादि राजनैतिक दलहरु संग मिलेर जाने बताएको छ । अन्यौलताका विचमा अघि बढेको विप्लव निकट नेकपाको कोरोना महामारीका विचमा गतिविधिहरु मन्द रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित