१४ महिना पछि दन्ता अमेरिकामा रहेको तस्विर बाहिरियो

7
SHARES
15
VIEWS

कालीकोट । २०७६ साल कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका गएकी कालीकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) अझै फिर्ता भएकी छैनन् । उनी घरबाट जाँदा अमेरिकामा नभएर काठमाडौं जान हिँडेको थिइन् । तर, पछि उपप्रमुख नेपाली एक कार्यक्रमका लागि अमेरिका उडेकी थिइन् । उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा असर परेको छ । उनले असोजमा काठमाडौंं जानकारी दिए पनि अहिलेसम्म नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

‘असोजमा काम विशेषले काठमाडौं जानुपर्ने भयो भनेर मलाई जानकारी दिनुभएको थियो,’ प्रमुख शाहीले भने, ‘अहिले अमेरिकामा हुनुहुन्छ भन्ने सुनेको छु । आधिकारिक जानकारी छैन ।’नगरपालिकामा उपप्रमुख नहुँदा अहिले दैनिक काममा असर परेको प्रमुख शाहीले जानकारी दिए । ‘जनताका काम दैनिक गर्नुपर्छ ।

उहाँ केही समितिको प्रमुख हुनुहुन्छ,’ उनले भने, ‘उपप्रमुख नहुँदा समितिका कामहरू पनि प्रभावित भएका छन् ।’नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरीवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए । उपप्रमुख दन्ता नेपालिको सट्टामा काम काज गर्ने गरी तिलागुफा नगरपालिका वडा न. ८ का वडाध्यक्ष तिलक प्रसाद न्यौपानेलाई कार्यबाहकको जिम्मेवारी दिएको बताइएको छ । शिला पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित