थिर्पुको सडकमा लगाइएको पर्खाल भत्काउन प्रशासनको पत्र

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाको थिर्पुमा धौलागोह जाने सडकमा लगाइएको पर्खाल ६ महिना सम्म नखुल्दा जिल्ला प्रशासन कार्यालय कालीकोटले पत्र पठाएको एक महिना विति सक्दा पनि पहल हुन सकेको छैन । सडक विस्तारका क्रममा सिचाई कुलो भत्किदा कृषकहरुले धानवालि लगाउन नपाएको भन्दै अषाढमा विउ सडकमा प्रदर्शन गर्नुका साथै सडकमा जालि समेत लगाइएको थियो ।

उक्त सडकमा पर्खा ल लगाएपछि वडा न. १ देखि ७ सम्मका समुदायलाई यातायातका साधन बन्द भएका छन भने अहिले त्यहाँका स्थानियले खाद्यन्न लगाएतको समान भारी बोकेर लिनु परेको समस्यालाई मध्यनजर गर्दै स्थानियको आग्रहमा जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैह्े द्धारा हस्ताक्षरित चलानि नम्बर १०८६को पत्रको कात्तिक १६ गते बाटो खुलाउन सरोकारवाला पक्षका जायज माग पुरा गरी पर्खाल भत्काउन लगाई सात दिन भित्र सो जानकारी जिल्ला प्रशासन कार्यालय कालीकोटमा दिनु हुन भनि पठाइएकोमा मंसिर दोस्रो साता सम्म केही पहल हुन नसकेको बताइएको छ ।

स्थानिय कृषकहरुले पटक पटक स्थानिय सरकारलाई आग्रह गर्दा वेवास्ता गरेपछि अन्तिम चरणमा सडकमा पर्खाल लगाउनु परेको कृषक दुर्ग बमले बताएका छन । जग्गामा असर परेका दुर्ग, बसन्त र नरेन्द्र बम दाजु भाई रहेका छन । उक्त बाटो खुलाउनका लागि पिडितहरुले बाँझो रहेको खेतको धानवालि सहित सिचाई कुलो बनाइदिनु पर्ने सर्त राख्दै आएका छन ।

सो सिचाई कुलो १२ लाखमा बनाउने भने पनि डेढ वर्ष सम्म निर्माण हुन सकेको छैन । साविकको धौलागोह र खिनका समुदायलाई समान ढुवानि गर्न कठिन भएको छ भने मानिसहरुले भारी बोकेर लिएको दैनिक उपभोग्य समानको मुल्य महंगो हुंदा समुदायहरु चर्काे मुल्य तिर्न बाध्य भएको स्थानियले बताए ।

स्थानिय मनरुप न्यौपानेका अनुसार आफुहरुले त्यहाँका जनताको कठिनाइ हेरेर जिल्ला प्रशासन कार्यालयमा बाटो खुलाउन अनुरोध गर्दै निवेदन दिएको बताए । उनले भने पलांता सरकार भए नभएको केही महसुस हुन छोडेको बताउदै जनताका मतले विजयि भएकाहरु नै जनतालाई सास्ति दिन थालेकोमा आपत्ति व्यक्त गरे ।
के गर्दै छन लक्ष्मण बम ? पछिल्लो समय पलांता गाउँ पालिकामा काम विशेषले बाहेक जान छाडेका छन । अहिले पलांताका जनताका भन्दा पनि लक्ष्मण बम जिल्ला बाहिर सुर्खेत,बांके र बर्दियाका जनताको समस्या समाधान गर्न लागि परेका छन ।

बांकेको कोहलपुरमा मष्टाको मन्दिर उद्घाटन देखि कैलालिमा कैलालि पलांता सम्पर्क म ञ्चको उद्घाटन जस्ता काम गर्नुका साथै विभिन्न ठाउँमा शयर गरेर दिन विताउने काममा व्यस्त रहेका छन । नेकपा पलांताका अध्यक्ष विष्णु बहादुर रोकाया संगको आपसि झगडा परेर अध्यक्ष लक्ष्मण बमको पत्नि गोरिकला बम घाईते भएदेखि पलांता जान छोडेको स्थानियले बताउदै आएका छन ।

एक स्थानिय बासिका अनुसार उक्त झगडा देखि धौलागोह र खिनका समुदायहरुका लागि पलांता सरकार नभएको महसुस हुन थालेको बताउछन ।

यस सम्बन्धमा पलांता गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर बम संग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित