किन गरियो प्रेस काउन्सिलबाट ओझाको विदाइ ?

7
SHARES
15
VIEWS

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ ।

चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त भएका ओझाको कार्यकाल गत कात्तिक ८ गते सकिएको थियो । बिदाइ कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्तिविकासका लागि सक्रियतापूर्वक कार्य भएको स्मरण गरे ।

सोचेजति काम गर्न सकिएन कि भन्ने लागिरहेको बताउँदै उनले आफ्नो कामको मूल्यांन इतिहासले गर्ने धारणा व्यक्त गरे ।

काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ओझा सरल, सहज स्वभावका रहेको स्मरण गर्दै सहकार्यमा समस्या उठाए पनि समाधानका उपायसमेत दिने गरेको बताए ।

यस्तै काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ओझा बौद्धिक, कुटनीतिक शैली अपनाउन सक्ने, काम गर्न सरल, सहज र तर्कसहित प्रस्तुत हुने व्यक्ति भएको बताए । २ वर्ष २ महिना सँगै सहकार्य गरेको स्मरण गर्दै बुढाथोकीले ओझामा संस्थागत रूपमा राजनीतिक आस्थाभन्दा माथि रहेर काम गर्ने क्षमता रहेको विश्लेषण गरे ।

प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले सदस्य ओझाले कर्मचारीका समस्या र गुनासालाई सौहार्दपूर्ण रूपमा बोर्डमा राखिदिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित