गाउँ पालिका अध्यक्ष लक्ष्मण बम माथि हातपात

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख, सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष र स्थानिय विच झडपका क्रममा आधा दर्जन घाईते भएको बताइएको छ । स्थानिय बासिका अनुसार राडुनेटा देखि धौलागाउँ हुंदै खिन छहड्ने सम्मको सडक निर्माणका क्रममा सो विवाद भएको बुझिएको छ ।

झडपका क्रममा स्थानिय वासि र पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम लगाएतको कार्यदल विच झडप हुंदा आधा दर्जन घाईते भएका छन । दुबै पक्षका घाइेत भएको स्थानियले टेलिफोन मार्फत जानकारी दिएका छन । उक्त सडक निर्माणमा आफुले ल्याएको डोजरबाट काम संचालन गर्न पाउनु पर्ने अध्यक्ष लक्ष्मण बमको तर्कमा वडा न. १का वडा अध्यक्ष मान बहादुर भण्डारीले स्थानिय युवाहरुले काम गर्ने गरी जिम्मा दिनु पर्ने अडान राखे पछि विवाद झन चर्किएको स्थानियले बताएका छन ।

उक्त सडक निर्माणमा आफुले डोजर मार्फत काम गर्न नदिएमा रकम फ्रिज गराउने चेतावनि गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले भने पछि मात्र स्थानिय युवाहरुले अध्यक्ष माथि हात पात गरेको बताइएको छ । घाईतेको उपचारका लागि हेलिकप्टर मार्फत उद्दार गरिने बताइएको छ ।त्यहांका अवस्थाका बारेमा जिल्ला सदरमुकाम मान्मबाट शसत्र प्रहरी,रास्कोट र पचालझरना गाउँ पालिका बाट पनि प्रहरीको टोलि पठाइएको बताइएको छ ।

घाईते हुनेमा गाउँ पालिका अध्यक्ष लक्ष्मण बम, उनको पत्नि गोरिकला बम,वडा न. १का अध्यक्ष मान बहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया(इन्द्र), वडा न. १का स्थानिय धन बहादुर भण्डारी लगाएत घाईते भएको पचालझरना गाउँ पालिका अध्यक्ष्य खडगराज सेजुवालले बताउनु भएको छ । वहांले  अन्य के कति घाईते भएका छन भन्ने बारेमा जानकारीमा नआएको बताउनु भएको छ । वहांले भन्नु भयो पहिलो सडक कुन ठाँउबाट लैजाने भन्ने ,दोस्रो गाउँ पालिका केन्द्र छनोटको टुंगो लगाउने विषय, तेस्रो पुराना अन्तरविरोध रहेको समेत बताउनु भएको छ । घटनाका बारे विस्तृत पछि छलफल गर्ने तर अहिले घाईतेको उपचार गर्ने तयारी भएको बताउनु भएको छ ।

वडा न. १का वडा अध्यक्ष मान बहादुर भण्डारी र गाउँ पालिका अध्यक्ष विचकोे अन्तरद्धन्द विगत लामो समय देखि हुंदै आएको थियो । वडा अध्यक्ष मान बहादुर भण्डारी गाउँ पालिकामा सहमति सहकार्य बाट अगाडी बढ्न अनुरोध गर्दा गर्दै पनि गाउँ पालिका अध्यक्ष लक्ष्मण बम मनोमानि अगाडी बढ्न खोजे पछि विवाद चर्किदै आएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र स्थानिय सरकार विचको विवाद पनि त्यतिकै चर्किदै गएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्थानिय सरकार र पार्टी विच सहकार्य हुन नसकेको र पार्टीको निति विपरित गएको भन्दै जिल्ला संगठन समित कालीकोटले पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमलाई कार्वाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित