पचालझरनाका परिक्षा केन्द्रमा अध्यक्ष सेजुवाल द्धारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचाझरना गाउँ पालिकामा संचलित कक्षा १२को परिक्षाका अवस्थाका बारेमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अनुगमन गर्नु भएको छ ।

आज विहान पचालझरना गाउँ पालिकाको वडा न. ८मा रहेको सरस्वति मावि भिट्टामा अनुगमन गर्नु भएको हो । परिक्षा केन्द्रमा के कस्तो तरिकाले सचालन भइरहेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै  स्थलगत अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा परिक्षा सहभागिहरुलाई ढुक्क भएर परिक्षा दिन अनुरोध गर्दै कुनै समस्या भएमा गाउँ पालिकाले समाधान गर्न तयार रहेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाका शिक्षा शाखा प्रमुख नमराज शाहीका अनुसार पचालझरनाका आठ वटा माध्यमिक विद्यालयमा संचालन भएको परिक्षा केन्द्रमा सौहार्द वातावरणमा मर्यादित ढंगले संचालन भएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा कक्षा ११को ७ गते देखि र १२को ९ गते देखि परिक्षा संचालन हुंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित