पर्यटनमा कर्नालि : हेर्नै पर्ने महत्वपूर्ण पर्यटकिय क्षेत्रहरु(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पर्यटन वर्ष २०२० मा कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्र पछिल्लो समयमा भने हवात्तै बढेको छ । दशै तिहारको विचमा रारा लगाएतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । साविकका कर्नालि अंचलका विभिन्न जिल्लामा हेर्नै पर्ने पर्यटकिय क्षेत्रहरु रहेका छन जस्ले गर्दा कर्नालि प्रदेशको सान निकै बढेको छ । कर्नालि प्रदेश सरकारले घुमौ कर्नालिको नारा अघि सारेर पर्यटन प्रवद्धनमा जोड दिदै आएको छ । पर्यटकिय क्षेत्र मध्ये कालीकोटको पचालझरना, तिलागुफा,चन्दनाथ मन्दिर, रारा, लगाएत पर्यटकिय क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको छ ।
पचालझरना : नेपालको सबै भन्दा अग्लो रहेको पचालझरना साविकको राम्नाकोट गाविसको खार्दुमा रहेको छ । उक्त झरनाको नामबाट गाउँ पालिकाको नामाकरण गरिएको छ । पचालझरना यस अघि अग्लो भनिएको ह्यातुंग झरना भन्दा अग्लो रहेको छ । पचालझरनाको उचाइ ३ सय ७१ मिटर अग्लो रहेको छ । पर्यटन वर्ष २०२० मा यस झरनाको ६० औं गन्तव्य स्थलका रुपमा छनोट भएको हो । यस झरनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुन थालेको छ । यस झरना सम्म जानका लागि खार्दु गाउँ सम्म सडकको पहुंच पुगेको छ भने झरना सम्म पुग्नका लागि ¥यालिंग सहितको पदमार्ग निर्माण गरिएको छ ।
रारा : नेपालको सबै अग्लो ठाउँमा रहेको रारा ताल सबैलाई आश्चर्य पार्ने तालका रुपमा लिन सकिन्छ । उक्त तालमा यातायातको सहज पहुंच भए संगै बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ । प्रत्येक वर्ष पर्यटकहरुको आगमन बढ्न थालेको छ । जिवनमा एक पटक रारा पुगेर मनको धोका पुरा गर्नेहरुको संख्या बढेको छ । सरकारले उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा लिने गरी रारा राष्ट्रिय निकुञ्जका रुपमा विकास गराउनुका साथै उक्त क्षेत्रका समुदायलाई पुनरवासको व्यवस्थापन गरेर रारा तालको संरक्षण गरेको छ । आन्तरिक पर्यटक भन्दा पनि बाह्य पर्यटकहरुको संख्या दिनानु दिन बढ्न थालेको छ । जिल्ला बाहिरका पर्यटकहरु दशै तिहारलाई लक्षित गरी आउने गरेका छन । मंसिर पछि हिमपात बढ्ने र चिसोको कारण ठप्प हुने उक्त क्षेत्र फागुन महिना देखि असोज कात्तिक सम्म उचित समय मानिदै आएको छ । नेपाल सरकारका प्रधानमन्त्रि केपि शर्मावलिले पर्यटन वर्ष २०२०को अवसरमा रारामा पुगेर पर्यटन वर्ष २०२०को शुभारम्भ गरे संगै राराको महत्व बढेको हो ।
तिलागुफा: कालीकोट जिल्लाको रांचुलिमा रहेको उक्त गुफा कर्नालि नदिको किनारमा पर्दछ । रारा जाने मुल मार्ग कर्नालि राजमार्गको नजिक बग्ने तिला नदिमा पर्ने उक्त गुफाको नामबाट तिलागुफा नगरपालिकाको नामाकरण गरिएको छ । उक्त गुफालाई हेर्ने अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । नगरपालिकाले उक्त गुफाको संरक्षण प्रवद्धनमा विशेष जोड दिएको छ ।
पञ्चदेवल : जिल्ला भर रहेका पञ्चदेवलहरु मध्ये खांडाचक्र नगरपालिकाको वडा न.२ मान्ममा पञ्चदेवल सदरमुकाम नजिक पर्ने पांच पाण्डव द्धारा निमिर्त देवल हो । अहिले उक्त देवलमा आउने पाहुनाहरुले अवलोकन गर्ने गरेका छन । कालीकोट जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकाको महेलमुडि लगाएतका ठाउँमा रहेका पञ्चदेवलहरुको स्थानिय सरकारले संरक्षण प्रवद्धन गर्दै पर्यटकिय क्षेत्रका रुपमा विकास गराउन थालिएको छ ।
चुलि,पुगमालिका :धार्मिक पर्यटकिय क्षेत्रका रुपमा लिइने कालीकोटका महत्वपूर्ण मानिएका प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्र मध्ये चुलि माइको मन्दिर रहेको हिमचुलि पहाड,पुगामाइको पुगमालिका,महाबु लेक अत्यान्तै महत्वका साथ हेरिएका क्षेत्र हुन । य िक्षेत्रहरुमा सडकको सुविधा नभएपनि दृश्यावलोकनका लागि पवित्र धार्मिक स्थलका रुपमा लिनु पर्नेमा जोड दिन थालिएको छ । कालीकोट सदरमुकाबाट ३ देखि ४ किलोमिटरमा पर्ने धार्मिक स्थलमा पदमार्ग निर्माणको तयारी हुन थालेको छ । हिमचुलि हिमाल पचालझरना गाउँ पालिका र खांडाचक्र नगरपालिकाको विचमा पर्दछ भने पुग हिमाल पचालझरना र तिलागुफा नगरपालिकाको विचमा पर्दछ । महावु लेक भने महावै गाउँ पालिका र दैलेखको सिमानामा पर्दछ ।
पाण्डव गुफा : जुम्ला जिल्लामा रहेको पाण्डव गुफा धार्मिक पुरातात्विकका रुपमा लिने गरिएको छ । अर्जुन,युधिरिष्ठर,भिम,सहदेव लगाएतका तस्विर रहेको उक्त गुफामा पर्यटकका लागि निकै रोचक तथा मनोरञ्जन लिने क्षेत्रका रुपमा लिन सकिन्छ । उक्त गुफा भित्र रहेका तस्विरले युधिरिष्ठरहरुले ध्यान गर्न लागेको अवस्थामा रहेको देखिन्छ । तत्कालिन सिजा राज्यको शासन कालमा उक्त गुफाको संरक्षण नभएपनि ऐतिहांसिक रुपमा लिन जुम्लाको एक महत्वपूर्ण क्षेत्र हो । अहिले उक्त गुफा हेर्न आउनेहरुको घुइचो लाग्ने गरेकोछ ।
तातापानि : समुद्रि सतह देखि निकै उचाईमा रहेको जुम्लाको तातापानिको महत्व पनि वेग्लै रहेको छ । जमिनबाट मुल फुट्ने उक्त क्षेत्रमा तातोपानि मात्र आउने गर्दछ । उक्त पानिमा नुहााउने गरेमा बाथ,हाड जोर्नि लगाएतका समस्याहरु बाट उन्मृक्ति पाउने जनविश्वास रहदै आएको छ ।निरन्तर रुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने तातापानिमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन । कोरोना महामारीका विचमा ठप्प रहेका तातापानि क्षेत्र अहिले भने तेव्वर हिसावले बढेको छ ।
चन्दनाथ मन्दिर : मध्यपश्चिमको चर्चामा रहेको धार्मिक स्थल मध्येको जुम्लाका् चन्दनाथको महत्व बेग्लै रहेको छ । धार्मिक रुपमा स्थापित जुम्ला जिल्लाको चन्दनाथ बजारमा रहेको उक्त मन्दिरमा सयौं वर्ष पहिलेका मुर्ति तथा सामाग्रि रहेका छन । उक्त मन्दिरमा भक्तजन तथा पर्यटकहरुको आगमन समेत बढेको छ । ताम्रपत्रले बनाइएको उक्त मन्दिर कर्नालि प्रदेशको सबै भन्दा भिन्न पहिचान कायम गर्ने मन्दिरका रुपमा लिने गरिएको छ । उक्त मन्दिरमा एक पटक दर्शन गरेपछि पुन अर्काे पटक दर्शन गर्न आउने पर्ने धार्मिक मान्यता रहेको छ ।
शे फोक्सुण्डो ताल : नेपालको सबै भन्दा उचाईमा रहेको डोल्पाको शे फोक्सुण्डो ताल पैदल मार्गमा सम्भावना नभएपनि हवाई मार्गबाट आवत जावत गर्न सहज हुने पर्यटकिय क्षेत्रका रुपमा लिन सकिन्छ । हाल यस क्षेत्रमा हवाई मार्गबाट पर्यटकको आगमन बढ्न थालेको छ । हिउंदको समयमा हिमपात र चिसोका कारण हिउँ जमेर तालको पहिचान बेग्लै हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित