कालीकोट । देशभर महिला हिंसा विरुद्धको अभियान चले संगै कालीकोटका स्थानिय तहमा उक्त अभियान संचालन हुने भएको छ ।
कालीकोट जिल्ला समन्वय समिति कालीकोटमा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि विष्ट (नेपालि)को अध्यक्षतामा विहवार बसेको बैठकले जिल्ला स्तरमा कोरोना महामारीलाई मध्यनजर गर्दै रचनात्मक कार्यक्रम गर्ने र पालिका स्तरमा समेत विभिन्न कार्यक्रम गर्ने बैठकमा सहभागि नेकपाका प्रदेश कमिटि सदस्य लक्ष्मि चौलागाईले बताएका छन ।
बैठकमा संघिय सांसद दुर्ग बहादुर रावत,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।
यस वर्ष संचालन हुने अभियानले महिला हिंसा विरुद्धका घटनामा न्युनिकरण गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष नोभेम्बर २६ देखि १६ दिन सम्म संचालन हुदै आएको छ ।
Discussion about this post