सिकु -पणेक्षा सडक स्तरन्नोति गरी यातायात सुचारु गर्छौ –अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले डौठे देखि पणेक्षा सम्मको सडक स्तरन्नोति गरेर यातायात सुचारु गरिने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न. १मा रहेको सरस्वति मावि सिकुमा भवन उद्घाटनका क्रममा अध्यक्ष सेजुवालले सो कुरा बताउनु भएको हो । शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गर्दै अध्यक्ष सेजुवालले पचालझरनाको डौठे हुंदै अल्के सम्मको सडकको काम शन्तोषजनक नभएकाले स्तर उन्नति गर्ने र पणेक्षा सम्मको बाकी रहेको काम दुर्त गतिमा बढाउने बताउनु भएकोमा सरस्वति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बर्म ऐडीले बताउनु भएको छ ।

वहाँका अनुसार स्वस्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न भएकाले सोका बारेमा तत्काल निर्णय गरी भवनको सदुपयोग गर्न समेत अध्यक्ष सेजुवालले निर्देशन दिनु भएको छ ।

सरस्वति माविमा संघिय सांसद दुर्ग बहादुर रावत द्धारा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त १० लाख रकममा निर्माण गरिएको २ कोठे भवन र गाउँ पालिकाको १६ लाख बजेट मार्फत २ कोठे भवन निर्माण गरिएकोमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको गएको वर्ष काम भएपनि पचालझरना गाउँ पालिकाका लेखापालको लापरवाहीले फ्रिज भएकोमा यस वर्ष फिर्ता गर्ने गरी व्यवस्थापन गरिएको बताए ।

त्यसै गरी अध्यक्ष सेजुवालले सरस्वति मावि सिकुमा संचालित कक्षा १२को परिक्षाको अनुगमन समेत गर्नु भएको बताइएको छ ।देउडा पे्रमि नेत्रराज शाही लगाएतका नेताहरुले मन्तव्य राख्नु भएको बताइएको छ ।

उक्त कार्यक्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,वडा अध्यक्ष रत्नलाल न्यौपाने र विद्यालयका प्रधानध्यापक शंकर न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित