चिनियाँ रक्षा मन्त्री आइतबार काठमाडौं आउँदै

7
SHARES
15
VIEWS

काठमाडौं। चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक औपचारिक भ्रमणमा नेपाल आउँदैछन् । एकदिनको लागि वेइ फेङ्गे आइतबार नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जनरल वेइ फेङ्गेको नेपाल भ्रमणको बारेमा औपचारिक जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।

नेपाल आएकै दिन वेइ फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित